ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपाली कारागार चलान

  • १५ आश्विन २०८१, मंगलवार
  • 159 पटक पढिएको

नारायण रिजाल बागलुङ असोज १५ ।
१६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देव कुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत बागलुङले आदेश दिएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रिय अनुसन्धान व्यूरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेश गरेको थियो ।
नेपालीको बयान सोमबारनै सकिएको थियो ।
मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालका इजालश अधिृकत ऋषिराम रिजालले जानकारी ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार मात्रै बागलुङ ल्याएको थियो ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए । सहकारीका बचतकर्ताको रु. दुई अर्बबचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए । यस्तै उनीसंगै पक्राउ परेका ओम प्रसाद दर्जीलाई रु. एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।  यो मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षकालागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गतेनै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षकालागि कारागारमा छन् । नेपाली ढोरपाटन नगरपालिकामा नेकपा एमालेको तर्फबाट दुइपटक सम्म  नगरप्रमुखको रुपमा निर्वाचित भएका हुन ।