फिचर

बेनीमा हुने प्रथम पर्यटन महोत्सव चैत २३ गते देखि सुरु हुने

बेनी, २० चैत । म्याग्दीको सदरमुकाम बेनीमा यही चैत २१ गते देखि सूरु हुने भनिएको प्रथम पर्यटन महोत्सव चैत २३ गतेदेखि मात्रै सुरु हुने भएको छ । रेडियो म्याग्दीले नयाँ बर्ष र रेडियोको बार्षित्सवको अवसरमा आयोजना गरिएको महोत्सव दुई दिन पछि सारिएको हो । बुधबार रेडियोकाे आयोजनामा गरेको पत्रकार सम्मलेन... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ठेकेदारको मनपरी

धिरन खत्री म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र २ राख्ुको भुगोल भएर बग्ने कालीगण्डकी नदीमा मापदण्ड र सम्झौता विपरित ठेकेदारले मनपरी ढंगले नदीजन्य बस्तुको उत्खनन् गरेका छन् । रघुगंगा गाउँपालिकाले ठेक्का लगाएको तिप्ल्याङको कालीओढार, भिरकाटे, बेगखोला, ठाडिखोरिया, कुनौटा र रिठाबोट क्षेत्रमा सम्झौतामा उल्लेखित मापदण्ड विपरित उत्खनन्... पुरा पढ्नुहोस

मानवताको नमुना दम्पती, जस्ले हुर्काए जन्म लगत्तै आमा गुमाएका बालक (भिडियो सहित)

कमल खत्री म्याग्दी १५ चैत । आमाको अभाबमा नवजात शिशुको पालन पोषण कति कठिन होला ? सहजै अनुमान लगाउन सकिन्छ, यस्तो काम कठिन मात्रै होईन जोखिमपूर्ण पनि हो । तर म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका मनमती र हनमान श्रीपालीका दम्पतीले जन्म लगत्तै आमा गुमाएका एक बालकलाई हुर्काएका छन् । भिडियाे ः https://www.youtube.com/watch?v=z-51U2Qje9E&t=132s... पुरा पढ्नुहोस

जन्मलगत्तै आमा गुमाएकी बालिकाको लागि मोना क्षेत्रीय समिति नागोयाद्धारा आर्थिक सहयोग

कमल खत्री म्याग्दी, १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानी घर भई रोजगारिको शिलसिलामा जापानमा मृत्युबरण गरेकी एक युवतीको नवजात शिशुको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । नागोयामा रहेका दिनेश दर्जीको पत्नी प्रमिलाले बच्चाको जन्म दिएपछि उनको मृत्यु भएकाले उनको... पुरा पढ्नुहोस

बेनीमा ‘निःशुल्क योग शिविर’ सुरु : मन्त्री पुन योगमा सहभागि (फोटोफिचर)

धिरन खत्री म्याग्दी, १३ चैत । म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा वृहत निःशुल्क योग शिविर सुरु भएको छ । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको आयोजनामा म्याग्दीमा तिन दिने बृहत योग शिविर आयोजना गरिएको हो । निःशुल्क योग शिविरको शुभारम्भ सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले गरेकी हुन् । पुनले स्वास्थ्य... पुरा पढ्नुहोस

उद्योग वाणिज्य संघद्धारा रुइसे र बेगको लामो पुलमा पर्यटन प्रर्वद्धन (फोटो फिचर)

कमल खत्री म्याग्दी ९ चैत । म्याग्दी उद्योग वाणिज्य संघले जिल्लामा रहेका पर्यटकीय स्थलहरुमा पर्यटन प्रवद्र्धन गर्ने अभियान चलाएको छ । शनिबार रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुइसे र बेग–बाँदुक जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा पर्यटन प्रर्वद्धन कार्यक्रम गरिएको छ । संघको अगुवाईमा सञ्चालित म्याग्दी भ्रमण वर्ष २०७५ अन्तरगत जिल्लाको... पुरा पढ्नुहोस

पर्यटकियस्थल झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु

म्याग्दी, ८ चैत । ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको  आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो । प्राकुतिक सुन्दरताले... पुरा पढ्नुहोस

मौवाफाँट र काउलेगौँडा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण, घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्यो (भिडियो सहित)

कमल खत्री बेनी, ७ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट र बेनी नगरपालिका–९ काउलेगौँडा जोड्ने गरि रघुगंगा नदीमा अग्लो झोलुङ्गे पुल निर्माण भएको छ । दुबै तर्फको थाकानको डिलमाथि निर्माण गरिएको १२१ मिटर लामो झोलुङ्गे यस पुल यस क्षेत्रकै अग्लो पुल भएको बताइएको छ । https://www.youtube.com/watch?v=mrlY3l8tHUs सस्पेन्सन ब्रिज डिभिजन ललितपुर... पुरा पढ्नुहोस

सामुहिक चौरीपालन

  सन्तोष गौतम म्याग्दी, ५ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा विदेशबाट फर्किएका पुरुषहरु बाबा समूहमा आवद्ध भएर सामुहिक चौरीपालन गरेका छन् ।व्यवसायिक चौरी पालन मार्फत वैदेशिक रोजगारको विकल्पमा गाउँमै आयआर्जन गर्ने लक्ष्य राखेर प्रगतिशिल बाबा समूह मार्फत चौरीपालन गरिएको हो । ‘३८ वटा चौरी छन्,’ समूहका अध्यक्ष गमबहादुर... पुरा पढ्नुहोस

फागु पूर्णिमाको अवसरमा तारो हान्ने खेल सुरु

बेनी ५ चैत । अल्पसंख्यक थकाली समुदायले महत्वका साथ मनाउन तोरन ल्ह (फागु पूर्णीमा) पर्व मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म धुमधामका साथ मनाउने तोरन ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि बेनीमा तारोखेल सुरु भएको छ । थकाली सेवा समिति... पुरा पढ्नुहोस