फिचर

गणतन्त्र दिवसको अवसरमा बसपार्कमा सरसफाई

म्याग्दी, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा सदरमुकाम बेनीको कालिपुल बसपार्कमा सरसफाई गरिएको छ । जिल्ला समन्वय समिति आयोजना र बेनी नगरपालिको सहकार्यमा कालीपुल बसपार्कमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र सेनाहरुको उपस्थितमा सरसफाई गरिएको हो । जिल्लाको केन्द्रविन्दु मानिने बसपार्कलाई ब्यवस्थित बनाउन बसपार्कमा रहेका ब्यवसायी र यात्रु तथा चालकहरुलाई फोहोर ब्यवस्थापन... पुरा पढ्नुहोस

‘बाजा बज्ने ढुङ्गा’ पर्यटकको पर्खाइमा (फोटो फिचर)

कमल खत्री म्याग्दी १२ जेठ । ढुङ्गाका चुचुराहरु हेर्दा पञ्चेबाजाका आकृतिहरु छन् । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका यि आकृतिहरुको आवाज पनि बाजाको जस्तै सुनिन्छ । अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित काभ्रे गाउँ र रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाले त्यहाँ पुग्ने जो कसैलाई ढुङ्गाबाट बाजा बज्छ भनेर विश्वास गर्न बाध्य पार्ने... पुरा पढ्नुहोस

पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान

म्याग्दी, ११ जेठ । रघुगंगा गाउँपालिका– ३ पिप्लेमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकिय अधिकृत रमेश... पुरा पढ्नुहोस

दग्नाममा लिंगो जुधाई (फोटोफिचर)

  म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाममा भुमेथानमा लिंगो जुधाई प्रतियोगिता सम्पन्न भएको छ । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन मंगलवार दुई गाउँ विचको लिङ्गो जुधाउने प्रतियोगीतामा कान्छी गाउँको अग्लो रहेकाे थियो । गैरी गाउँ र कान्छी गाउँको लिंगो जुधाईमा अग्लो कान्छी गाउँको भएपनि... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा म्याग्दीमै पहिलो शैक्षिक महोत्सव हुँदै ( भिडियो सहित)

कमल  खत्री म्याग्दी, ६ जेठ । बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माविले जिल्लामै पहिलो शैक्षिक महोत्सव आयोजना गरेको छ । यहि जेठ १५ देखि १८ गतेसम्म सञ्चालन हुने चार दिने शैक्षिक महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सोमबार बेनीमा पत्रकार सम्मेलन गरि विद्यालयले शैक्षिक क्षेत्रलाई मात्रै समेटेर नयाँ अभ्यासको रुपमा... पुरा पढ्नुहोस

बेगमा जेष्ठ नागरिकलाई सम्मान

  म्याग्दी, ५ जेठ । रघुगंगा गाउँपालिका– १ बेगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। गाउँपालिको बस्तुगत सहायता अन्तर्गत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल र विद्यवा महिलालाई बस्तुगत सहायता वितरण गर्दै दोषल्लाले सम्मान गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत रमेश थापा र... पुरा पढ्नुहोस

गाउँ बस्तीमा विकासको लहर

  मराङ ३१ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रुपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरण लगायतका करोडौका आयोजना भित्रीएको छ ।... पुरा पढ्नुहोस

टोड्के हिल रिसोर्टको उद्घाटन

टोड्के २८ बैशाख । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित पर्यटकीय स्थल टोड्केमा निर्माण भएको रिसोर्टको शनिबार उद्घाटन भएको छ । टोड्के हिल रिसोर्ट प्रा.लीले स्थापना गरेको रिसोर्टको झिँका जेष्ठ नागरिक ९० वर्षीय कमी गर्बुजाले उद्घाटन गरेका हुन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विकास र... पुरा पढ्नुहोस

दोबामा प्रहरीको नागरिक सुनुवाई, ग्रामीण गस्ती बढाउन सुझाब (फोटो फिचर)

म्याग्दी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजना र अन्नपूर्ण गाउँपालिका–१ दोबा वडा कार्यालयको समन्वयमा बुधवार दोबामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नागरिक र प्रहरीको सम्बन्धलाई नजिक बनाउँदै नागरिकमैत्री प्रहरी सेवालाई प्रभाबकारी बनाउने उदेश्यले प्रहरीले नागरिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा दोबाका स्थानीयले ग्रामिण गस्ती बढाउनुपर्ने,... पुरा पढ्नुहोस

युवाहरुले सुरु गरे सामुहिक तरकारी खेती (फोटो फिचर)

कमल खत्री बेनी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले सामुहिक तरकारी खेती सुरु गरेका छन् । ८ रोपनी जग्गा भाडामा लिएर ४ जना युवाहरुले व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टी बानियाँ, मनोज कार्की लगायतका युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना... पुरा पढ्नुहोस