फिचर

म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )

https://www.youtube.com/watch?v=e8ZqIgf55mQ&feature=share&fbclid=IwAR1wlW02QVCFNrfkZq59pxARjUXIWWArwyIBUxnI2s8KpZWiQyjBo_Aysyw म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर  उत्सब   मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव... पुरा पढ्नुहोस

मनै लोभ्याउने रत्नेचौरको पहेँलपुर तोरीफाँट (फोटो कथा) ४० तस्बिरमा हेर्नुहाेस ….

म्याग्दी २० माघ । समथर फाँटमा पहेँलपुर तोरीखेती । तोरीबारीबाट देखिने मनमोहक धौलागिरी हिमाल । बेनी नगरपालिका–१ रत्नेचौरमा पुग्दा जो कसैको मन फुरुङ्ग हुन्छ । अन्य समयमा भन्दा हिउँदयाममा रत्नेचौरको यात्रा निकै रमाईलो हुन्छ, यहाँको मनै लोभ्याउने तोरीखेतीको दृष्यले । खासगरि रत्नेचौरमा परम्परागत रुपमा नै तोरीखेती गरिँदै आईएको छ ।... पुरा पढ्नुहोस

हिमशृङ्खला पुग्ने पदमार्गमा पर्यटकिय पुर्वाधारको अभाव

धिरन खत्री /म्याग्दी, २० माघ । संसारको सातौ अग्लो धौलागिरि र अन्नपूर्ण लगायतको हिमशृङखलामा पुग्ने पदमार्गमा पुर्वाधारको अभाव देखिएको छ। हिमाली जिल्ला म्याग्दीलाई पर्यटन क्षेत्रमा चिनाउन प्रशस्त सम्भावना बोेकेको दर्जनौ हिमशृङखलाहरुमा समयमै पर्यटकिय पुर्वाधार बन्न सकेको छैन् । नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा मनाउदै गर्दा म्याग्दीको पर्यटकिय क्षेत्रमा... पुरा पढ्नुहोस

विद्यालयकै सटरबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि

म्याग्दी, १८ माघ । सुन्दा अचम्म लाग्न सक्छ, विद्यालय परिसरमै मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण हुन्छ भन्दा ! तर म्याग्दी सदरमुकाम बेनी स्थित बालमन्दिर आधारभुत विद्यालयको हाताभित्रैबाट मदिरा र सुर्तिजन्य पदार्थको विक्रि वितरण भएको पाईएको छ । विद्यालयले व्यवसायिक प्रयोजनको लागि विद्यालय परिसरमै बनाएको सटरमा मदिरा र सुर्तिजन्य पदार्थको... पुरा पढ्नुहोस

केराबारीकाे बाँझो जमिनमा गरिएको रहरलाग्दो तरकारी र फलफुल खेती (फोटो फिचर)

कमल खत्री बेनी,१५ माघ । खेतियोग्य जमिनलाई बाँझो राखेर रोजगारिको लागि विदेशीनेको संख्या बढीरहेको सन्दर्भमा यहाँका एक व्यक्ति भने बर्षौदेखि बाँझो जमिनमा रहरलाग्दो तरकारी र फलफुल खेती गर्न सफल हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका खेम केसीले पर्वतको जलजला गाउँपालिका–७ केराबारी स्थित छविसमा १५ बर्षदेखि बाँझो रहेको... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस

अपाङ्गग मैत्री पुर्वाधार निर्माण गर्न जनप्रतिनिधिलाई आग्रह

म्याग्दी, १२ माघ । अपाङ्गता भएका ब्यक्तिहरुले अपाङ्ग मैत्री पुर्वाधार निर्माण गर्न बेनी नगरपालिकाका जनप्रनिधिलाई आग्रह गरेका थिए । अपाङ्ग संघ म्याग्दी, बौद्धिक अपाङ्गता अभिभावक संघ, म्याग्दी नेत्रविहिन संघ र म्याग्दी बहिरा संघको आयोजना र बेनी नगरपालिकाको आर्थिक सहयोगमा भएको अनुक्षिण कार्यक्रममा सरकारी कार्यालय, विद्यालय लगायतका पुर्वाधारहरु अपाङ्ग मैत्री बनाउन... पुरा पढ्नुहोस

लोप हुँदै परम्परागत पानी घट्ट, ढिकी र जाँतो

धिरन खत्री म्याग्दी, ६ माघ । जिल्लामा आधुनिक घट्टको विकासले परम्परागत घट्ट पछिल्लो समय लोप हुदै गएको छ । पछिल्लो समय कुटानी पिसानीमा छिटोछरितो लागि विधुतबाट चल्ने आधुनिक मेशिनहरु आएपछि परम्परागत घट्ट, ढिकी र जाँतो संरक्षण्को अभावले लोप हुदै गएका हुन् । गाउँगाउँमा विधुत विस्तार र सडक पुगेसंगै आधुनिक मेसिनहरु... पुरा पढ्नुहोस

म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रिय

म्याग्दी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याएका छन् । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गरेका हुन् । यो तीनतारे होटल बाराहीको नजिकै छ । रेष्टुरेन्ट सहितको... पुरा पढ्नुहोस

लाईभ दोहोरीमा अब्वल निशा भण्डारी

म्याग्दी, २६ पुस । लाईभ दोहोरीमा अब्बल गायिका १४ बर्षिय निशा भण्डारी जिल्लामा हुने विभिन्न मेला महोत्सवमा देखाउने प्रस्तुतीले चर्चा बटुलिरहेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु सिर्जलगाउँमा जन्म भएकी भण्डारी सानै उमेरमा चर्चित कलाहरुसंग लाइभ दोहोरी गाएर चर्चा बटुलिरहेकी छन् । दोहोरी गाउन अब्वल भण्डारीले चर्चित दोहोरी गायक राजु परियार,... पुरा पढ्नुहोस