म्याग्दी बहुमुखी क्याम्पसले मनायो क्युएए उत्सव ( फोटोफिचर )

  • २१ माघ २०७६, मंगलवार
  • धिरन खत्री
  • 2903 पटक पढिएको

म्याग्दी २१ माघ । सदरमुकाम बेनीमा संचालित म्याग्दी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेकाे अबसरमा बाजागाजासहित विविध कार्यक्रम गरेर  उत्सब   मनाएको छ । अन्तराष्ट्रिय स्तरको मान्यतामा सूचिकृत भएको क्याम्पसलाई सिंगो जिल्लाबासीसामु पु¥याउन र क्याम्पसको शैक्षिक र भौतिक विकासको अबस्थाबारे आम–अभिभावक र सरोकारवालाहरुलाई पु¥याउन क्युएए उत्सव मनाएको हो ।


उत्सवको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले परिसरमा क्युएए स्मारक अनावरण गरेका थिए । क्याम्पसको आन्तरिक प्रशासन, भौतिक अबस्था, शैक्षिक गुणस्तर लगायतका अबस्थाहरुको जाँच गरि ८५ प्रतिशत भन्दा बढी मापदण्ड पुरा गरि क्युएए मान्यता पाएको क्याम्पसले विभिन्न क्षेत्रका सरोकारवाला राजनीतिक दल, संघसंस्था र विद्यार्थीहरुको उपस्थितमा बजार¥याली गर्दै उत्सव मनाएको थियो ।


आयोगको अन्तराष्ट्रिय विशेषज्ञको टोलीले क्याम्पसको गुणस्तर अवस्था अध्ययन गरेर दिएको प्रतिवेदनको आधारमा क्युएए प्रमाणपत्र दिईएको क्याम्पसका क्युएए फोकल पर्सन गोरखबहादुर जिसीले बताए । म्याग्दी बहुमुखी क्याम्पस क्युएए मान्यता प्राप्त गर्ने धवलागिरी क्षेत्रमा पहिलो क्याम्पस भएको फोकलपर्सन जिसीले जानकारी दिए ।


क्युएएको अनावरण पश्चात सांसद थापाले विभिन्न सुचकहरुको पालना गर्दै शैक्षिक र भौतिक विकास योजनालाई दिगो र गुणस्तर बनाउदै क्याम्पसलाई विश्वविधालयको रुपमा स्थापित गर्न संचालक समिति, प्रध्यापक र विद्यार्थीहरुलाई आग्रह गरेका थिए । क्याम्पस संचालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, क्याम्पस प्रमुख टिकाराम सापकोटाको संचालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादु केसी, मेयर हरिकुमार श्रेष्ठ, नेकपाका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली काग्रेसका उपसभापति माधप्रसाद रेग्मी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सेवेदी लगायतको उपस्थित भएको थियो ।

कार्यक्रमको अवसरमा क्युएए प्राप्तीमा रचनात्मक सहयोग गर्ने ब्यक्ति र संस्थाहरुलाई कार्र्यक्रमका अवसरमा सम्मान गरिएको थियो । क्याम्पसमा कक्षा ११ र १२ संगै शिक्षा, व्यवस्थापन र मानविकी संकायमा स्नातक र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन हुँदै आएको क्याम्पसमा १ हजार ४३ जना विद्यार्थीहरु अध्ययरत छन् । नेपालमा विभिन्न विश्वविद्यालयका आंगिक र सम्वन्धन प्राप्त सामुदायिक गरि करिब १ हजार ४ सय क्याम्पसहरुमध्ये ४३ वटाले मात्रै क्युएए मान्यता पाएका छन् ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l