ताजा अपडेट

मोना क्रोएसियाद्वारा निवन्ध लेखन प्रतियोगिता आयोजना 

  म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति क्रोएसियाले निवन्ध लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ । बिहिबार बेनी स्थित मोनाको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मोना क्रोएसियाका अध्यक्ष रुपेश सुन्दासले प्रवासी म्याग्देलीको साझा नारा “प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” विषयमा निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको जानकारी... पुरा पढ्नुहोस

भीम मावि भवन उद्घाटन (फोटो फिचर)

बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविको नवनिर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट... पुरा पढ्नुहोस

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ सुरु

फागुन ९ गते । बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरु भएको छ । बुधबार देखि सुरु भएको महायज्ञ एकसय ८ जना नौ वर्ष मुनीका कन्याहरु मर्फत सामुहिक रुपमा दीप प्रज्वलन गरेर उद्घाटन गरियो । महायज्ञको उदघाटन पूर्व भजनकिर्तन,बाजागाजा सहित कलश यात्राले पञ्चकोट परिक्रमा गरिएको थियो ।... पुरा पढ्नुहोस

मराङको वडा कार्यालयद्धारा दिर्घसेवी शिक्षकलाई सम्मान

­ म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर –६ को कार्यालयले दिर्घसेवी दुई जना शिक्षकलाई सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा आइतबार जनविकास माविमा भएको अन्तर विद्यालय स्तरीय विविध खेलकुद कार्यक्रममा शिक्षक भेषनाथ उपाध्याय (गौतम) र खडानन्द शर्मालाई सम्मान गरिएको हो । ३२ वर्षदेखि शिक्षण पेशामा आवद्ध गौतम कल्लेनी आधारभूत विद्यालयको... पुरा पढ्नुहोस

रघुगङ्गामा शैक्षिक सामग्री प्रदर्शनी मेला

म्याग्दी, फागुन ७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा विद्यालय स्तरीय शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको छ । सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले तयार पारेका शैक्षिक सामग्रीहरूको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उद्देश्यले मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयको परिसरमा आइतबार एकिदिने शैक्षिक सामग्री प्रदर्शनी मेलाको आयोजना गरिएको हो... पुरा पढ्नुहोस

हिमाली जिल्लाको सुविधा र मध्यपहाडी लोकमार्गबारे सांसद गर्बुजाद्धारा प्रधानमन्त्रीको ध्यानकर्षण

बेनी, ६ फागुन । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले म्याग्दीले हिमाली जिल्लाको सुविधा नपाएको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको छ । आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसंगको प्रश्नोत्तरमा भाग लिँदै सांसद गर्वुजाले जिल्लाले हिमाली जिल्लाको मान्यता पाएको पाँच बर्ष पुगेपनि हिमाली जिल्लाको सुविधा पाउन नसकेको भन्दै ध्यानकर्षण गराउनुभएको थियो । धौलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन,... पुरा पढ्नुहोस

जनजागृति माविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

म्याग्दी, ५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ... पुरा पढ्नुहोस

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर (फोटो फिचर)

कमल खत्री म्याग्दी (बेनी), ६ फागुन । दिनभर भेडाबाख्रालाई जंगलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात खुला आकासमुनी त्रिपालको छाप्रोमा वित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले यसरी जंगलमा भेडीगोठमा बस्न थालेको ८ बर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रवन्ध... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ शिल्डमा पदक बिजेता जनजागृति माविका विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

म्याग्दी, ५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहित सम्मान र पुरस्कृत गरिएको हो । मल्कबाङ... पुरा पढ्नुहोस

ठूलोखोला जलविद्युत आयोजनाको हेडरेस्ट र विद्युतगृह जोड्ने सुरुङ जोडियो

कमल खत्री म्याग्दी , ४ फागुन : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेको सिमा क्षेत्रमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट) र तेस्रो सुरुङ (होरिजेन्टल टनेल) ब्रेकथ्रु भएको छ । इन्टेकबाट सुरुङमार्ग हुँदै ल्याइने पानीलाई विद्युतगृहमा खसाल्न हेडरेस्ट आउटलेटतर्फ खनिएको १०३ मिटर... पुरा पढ्नुहोस