बेनी– अर्थुङ्गे–बाँसबोट सडक स्तराेन्नती
- २३ मंसिर २०८१, आईतवार
- 229 पटक पढिएको
म्याग्दी, २३ मङ्सिर । बेनी–पुलाचौर सडकखण्ड अन्तरगत पाँच किलोमिटर सडक रु ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोटसम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि एक करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ । बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको रु तीन करोड बजेटमध्ये एक करोड ५० लाखको लागतमा कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए । रासस