ताजा अपडेट

गुर्जामा ब्यवसायीक तरकारी खेती तालीम सुरु

गुर्जा ५ भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका १गुर्जामा सोमबारदेखि तिन दिने तरकारी उत्पादन ब्यवसाय तालिम सुरु भएको छ । गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दीको आयोजनामा सुरु भएको तालीमको वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले उद्घाटन गर्नुभएको थियो । २३ जना सहभागी तालीमको कृषि प्राबिधिक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक एक हप्तापछि सञ्चालन

म्याग्दी ५ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालीपर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक एक हप्तापछि सोमबार साँझदेखि सञ्चालनमा आएको छ । कालीगण्डकीमा आएको बाढीले सडक कटान र पहिरो खसेपछि गतहप्ताको सोमबारदेखि अवरुद्ध बनेको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजना, आयोजनामा परिचालन भएका निर्माण कम्पनी, अन्नपूर्ण गाउँपालिका र सुरक्षा निकायको सक्रियतामा... पुरा पढ्नुहोस

म्याग्देली गायक परियारको तिज गित ‘अचम्मैको प्यार’ (भिडियो सहित)

म्याग्दी, ४ भदौ । म्याग्देली गायक बलबहादुर परियारको तिज गित ‘अचम्मैको प्यार’ बजारमा आएको छ । गायक बलबहादुर र गायीका लक्ष्मी परियारको स्वरमा रहेको सो गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । गायक परियारको शब्द संकलन र रमेश शेन्चुरीको एरेन्ज रहेको गितको म्युजिक भिडियोमा राजकुमार परियार र बर्षाले नृत्य... पुरा पढ्नुहोस

घारखोला–घोडेपानी सडक कालोपत्रेको तयारी

म्याग्दी ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक कालोपत्रे गर्ने तयारी भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तरगत भुकम्प आपतकालीन आयोजना मार्फत पोखरेबगर देखि घार, खिवाङ, शिख, चित्रे हुदै घोडेपानी जोड्ने सडक स्तरोन्नतीसंगै कालोपत्रे गर्ने तयारी भएको हो । ४४ करोड रुपैया लागत अनुमान... पुरा पढ्नुहोस

बेनी – जोमसोम सडक यात्रामा बाढी पहिरोले निम्त्याएको शास्ती (भिडियो सहित)

म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत विभिन्न स्थानमा खसेको पहिरो र कालिगण्डकी नदी कटानको कारण सडक अबरुद्ध बनेपछि यात्रुहरुलाई सास्ती भएको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गा मुस्ताङको थासाङ्ग गाउँपालिका–४ घाँसाको काभ्रेभिरमा कालीगण्डकी नदीले सडक बगाएपछि यात्रुहरु भिरको बाटो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दी सहकारीको बार्षिक कार्ययोजना पारित

म्याग्दी, ४ भदौ । म्याग्दी बचत तथा ऋण सहकारी संस्था काठमाडौँले बार्षिक कार्ययोजना पारित गरेको छ । रोजगार र पेशा व्यवसायको सिलसिलामा काठमाडौँमा रहेका म्याग्देलीहरुको साझा संस्थाको रुपमा स्थापित सहकारीकी अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिले वैठकले म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन म्याग्दीका पर्यटकीय क्षेत्रहरुको भ्रमण गर्ने लगायत ७... पुरा पढ्नुहोस

सदस्यता विस्तार अभियानमा म्याग्दी क्याम्पस

म्याग्दी ४ भदौ । बेनीमा समुदायद्धारा सञ्चालीत म्याग्दी बहुमुखी क्याम्पसले सदस्यता विस्तार अभियान सुरु गरेको छ । पछिल्लो पटक भएको क्याम्पस सभाले गरेको आजिवन सदस्यता खुल्ला गर्ने निर्णय कार्यान्वयनका लागि सञ्चालक समितिले पहल थालेको हो । लामो समय देखि रोकीएको सदस्यता वितरण खुल्ला गर्ने निर्णय कार्यान्वयनमा लगिएको सञ्चालक समितिका अध्यक्ष... पुरा पढ्नुहोस

शेरचन परिवारद्धारा दिपक माविलार्इ तिनलाख भन्दा बढी सहयोग

बेनी ३ भदौ । बेनी नगरपालिका १० पात्लेखेतको दिपक माविलाई एक परिवारले तिनलाख रुपैया भन्दा सहयोग गर्नुभएको छ । पात्लेखेत घर भई हाल अमेरीकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले तिन लाख पाँचहजार रुपैया सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा दुई लाख रुपैया सहयोग गरिसक्नु भएका शेरचन परिवारबाट आईतबार... पुरा पढ्नुहोस

दग्नाम दर्मिजा समाज यूकेको दशौं वार्षिकोत्सव, दग्नामको चिनारी गित बिमोचन

म्याग्दी, ३ भदौ । दग्नाम दर्मिजा समाज यूकेले आफ्नो दशौं वार्षिकोत्सव शनिबार लन्डनस्थित नर्थहोल्ट सोसियल क्लबमा कार्यक्रमका बीच मनाएको छ । दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सव तथा समर भेलामा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो । म्याग्दीको रघुगंगा गाउंपालिकालाई प्रतिनिधित्व गर्ने... पुरा पढ्नुहोस

बेनीमा बन डिभिजन कार्यालय स्थापना

  बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो । डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार... पुरा पढ्नुहोस