घुम्टे युवा परिवारको आयोजनामा मल्ममा शैक्षिक अन्तरकृया

  • २५ पुष २०७५, बुधबार
  • 1539 पटक पढिएको

बागलुङ पौष २४ सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा शैक्षिक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । जनहित माध्यमिक विद्यालय मल्ममा आयोजित शैक्षिक अन्तरकृयामा आगामी शैक्षिक सत्र २०७६ देखि विद्यालयमा कक्षा ११ सञ्चालन गर्न सरोकारवालाले साझा सहमति जनाएका छन । अन्तरकृयाले अब साझा सहमति बनेकोले सम्बन्धित निकायलाई उक्त कार्यलाई प्रकृयागत रुपमा अगाडि बढाउन गनुरोध गर्ने निर्णय गरेको छ ।

मल्ममा लामो समय देखि आन्तरिक विवादका कारण कक्षा ११ सञ्चालनमा समस्या हुॅदै आएको छ । अन्तरकृयामा जिल्ला समन्वय समिति बागलुङका सदस्य तथा जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा, वडा नं ७ का कार्य बहाक अध्यक्ष लोक बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी नेकपा वडा संयन्त्र सदस्य हुम बहादुर बस्नेत, नेपाली काॅग्रेसका वडा सभापति चिरञ्जीवी मरासिनी, राष्ट्रिय जनमोर्चाका वडा अध्यक्ष दल बहादुर थापा, दिपज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त केसी, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जी, नेटा प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुम कार्की, घुम्टे युवा परिवारका सल्लाहकार हरिदत्त गौतम, जापान शाखाका उपाध्यक्ष शिवु थापा, जनहित कला केन्द्र प्रमुख ज्ञान बहादुर थापा, राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर थापा लगायतले धारणा राख्नु भएको थियो ।

अन्तरकृयामा बोल्ने वक्ताहरुले अब वडा भित्रका सम्पुर्ण विद्यालयहरुमा शैक्षिक गुणस्तर अभिवृद्वि गर्दै एकिकृत शिक्षा प्रणाली लागु गर्न वडा सरकार र सम्बन्धित निकाय अगाडि बढ्नु पर्ने साझा धारणा राखेका छन । विद्यालयको विषयलाई लिएर वडा भित्रको विवाद र सामाजिक सदभाव सहितको एकता खल्बलिन नदिन वडाको अग्रणि सामाजिक संस्था घुम्टे युवा परिवारले शैक्षिक अन्तरकृया कार्यक्रम आयोजना गरेको संस्थाका उपाध्यक्ष जीवन साहानीले जानकारी दिनुभयो । सदियौं देखिको सामाजिक एकता, मेलमिलापलाई कायम गर्न शैक्षिक अन्तरकृयाले महत्वपुर्ण भुमिका निर्वाह गरेको संस्थाका सदस्य भुमिराज थापाले बताउनु भयो ।

अब प्लस टु बनाउन भुगोलको बादबिबाद या अन्य बाहानामा कक्षा ११, १२ सञ्चालन गर्न आलटाल गर्न नहुने अन्तरकृयाको साझा धारणा रहेको छ । शैक्षिक अन्तरकृया कार्यक्रममा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधी, राजनैतिक दल, शिक्षाप्रेमी, समाजसेवी, विभिन्न विद्यालयका प्रतिनिधीहरु, युवाहरु घुम्टे युवा परिवारका कार्य समितिका पदाधिकारीहरु, सल्लाहकारहरु लगायतको व्यापक उपस्थिती रहेको थियो । शैक्षिक अन्तरकृया घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र जनहित माध्यमिक विद्यालय मल्मका सहायक प्रधानध्यापक रामचन्द्र गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।