बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचर)

  • ३ फाल्गुन २०७६, शनिबार
  • 3015 पटक पढिएको

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न २४ वटा विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका छन् ।

प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले उद्घाटन गर्नुभएको हो । बेनीको खुल्ला मञ्चमा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केसीले विद्यालय स्तरमा रहेको खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले म्याग्दीका खेलाडीहरुले राष्ट्रिय स्तर सम्म समेत पहिचान बनाउन सफल भएको बताउँदे खेल क्षेत्रमा आफुमा रहेको प्रतिभालाई उचित सदुपयोग गर्न विद्यार्थीहरुलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापती माधव प्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल र राष्ट्रिय खेलाडी अरुणा शाहीले विद्यार्थीहरुलाई अनुशासनपूर्वक खेल खेल्न अनुरोध गर्दै विद्यार्थीमा रहेको क्षमतालाई उजागर गर्न प्रतियोगिताले रचनात्मक सहयोग पुग्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रतियोगिताका संयोजक कृष्णकुमार विश्वकर्माले प्रतियोगितामा प्रथमलाई रनिङ शिल्डको साथमा नगद रु ५० हजार, द्धितियलाई नगद रु ३५ हजार र तितृय हुनेलाई नगद रु २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार, विद्यागत रुपमा उत्कृष्ट र समग्रमा सर्वोकृष्ट हुने विद्यार्थीलाई समेत नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । छात्र र छात्रातर्फ प्रतिस्पर्धा हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्टका विभिन्न इभेन्टमा खेलहरु खेलाउन सुरु गरिएको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतियोगिताको उद्घाटन खेल र मार्सलआर्ट तर्फका खेलहरुमा पदक बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य केसी, मेयर हरिकुमार श्रेष्ठ र नेकपाका सचिब हरिकृष्ण श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । मेयर श्रेष्ठको अध्यक्षता, प्रवक्ता बराईलीको स्वागत र शाखा अधिकृत युवराज थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????