देवि मन्दिर पुनर्निमाण

  • २ असार २०७९, बिहीबार
  • 607 पटक पढिएको

म्याग्दी, २ असार । जिर्ण अवस्थामा पुगेको रघुगंगा गाउँपालिका– २ चौउरको देवि मन्दिर पुनर्निमाण गरिएको छ । परापुर्वकालदेखि धार्मिक महत्व बोकेको मन्दिरलाई स्थानीय युवाहरुको नेतृत्व र सक्रियतामा सो मन्दिर पुनर्निमाण गरिएको हो ।

वडाबाट विनियोजित बजेट, स्थानीयबासीको आर्थिक सहयोग र जनश्रमदानबाट मन्दिर पुनर्निमाण गरिएको देवि मन्दिर निर्माण समितिका सचिव ईश्वर केसीले बताउनुभयो । ‘वडाबाट १ लाख ५० हजार बजेट स्थानीयबासीको करिव २ लाख बराबरको जनश्रमदानबाट मन्दिर पुननिर्माण गरिएको छ ।’ सचिव केसीले भने– ‘स्थानीयबासीबाट गजुर, घन्टी देविका मुर्तिहरु लगायतका सामानसहित करिव १ लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ।’

चैतेदशैमा पुजा गरिने यस मन्दिर परिसरमा सत्तल, खानेपानी सुविधा र रेलिङ लगायतको पुर्वाधार निर्मार्ण गर्ने योजना रहेको मन्दिर निर्माण समितिका अध्यक्ष मिलन केसीले बताए । सहयोगदाताबाट बोलेको रकम प्राप्त भएमा मन्दिर आवश्यक पुर्वाधार निर्माण गर्न सकिने केसीले बताए । पुनर्निमाणमा सहयोग गर्ने वडा, चन्दादाता, जनश्रमदान गर्नुहुने स्थानीयबासीलाई मन्दिर निर्माण समितिले धन्यवाद दिएका छन् ।

पछिल्लो समय देवीमन्दिरसंगै राखु भगवतीको भगवती कोतमन्दिर, नौली बराह मन्दिर, देउराली मन्दिर पुनर्निमाण गरिएको छ । धार्मिक मन्दिरसंगै र स्थानीय कलासस्कृतिको संरक्षण गरेर धार्मिक पर्यटकिय गन्तव्यको रुपमा राखुलाई विकास गर्न स्थानीयको थप सक्रियता आवश्यक देखिन्छ ।