ताजा अपडेट

डाडाखेतमा ‘सवस्टेशन’ निर्माण अन्तिम चरणमा

म्याग्दी, १ फागुन । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा... पुरा पढ्नुहोस

विवाहको उमेर बिस वर्षनै राख्न धवलागिरीका १०३ विद्यार्थीले पठाए प्रधानमन्त्रीलाई पत्र

म्याग्दीका विद्यार्थीहरुले विवाहको उमेरहद २० बर्ष नै कायम राख्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार, अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न सुझाव दिएपछि म्याग्दीको धवलागिरि गाउँपालिकाका एक सय तीन जना किशोर किशोरीहरुले प्रधानमन्त्रीलाई पत्र पठाएर विवाहको उमेरहद २० बर्ष नै कायम राख्न ध्यानकर्षण... पुरा पढ्नुहोस

म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने

बेनी, ३० माघ । म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् । बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका... पुरा पढ्नुहोस

पर्यटक र पूर्वाधारका पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको पर्खाइमा छ । म्याग्दी, बागलुङ र पुर्वी रुकुममा फैलिएको ढोरपाटन शिकार आरक्षको वार्से व्लकमा पर्ने रुघाचौर पूर्वाधार र प्रचारप्रसारको कमीले ओझेलमा परेको हो । समुन्द्रि सतहदेखि तीन हजार आठ सय मिटर उचाईमा रहेको रुघाचौर गुर्जा र ढोरपाटन आवत जावत गर्ने पदमार्गको... पुरा पढ्नुहोस

मगर मुक्तिमोर्चाको अध्यक्षमा ओम रोका

बेनी, २९ माघ । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला मङ्गलवार बेनीमा सम्पन्न भएको छ । भेलाले ओम रोका (रत्नेचौर)को अध्यक्षतामा २५ सदस्यीय मोर्चाको जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा मनमाया चोचाङ्गे, ओम रोका (मालिका), सचिवमा प्रेमबहादुर श्रीसमगर, सहसचिवमा अस्तमान घर्तीमगर र कोषाध्यक्षमा खिमबहादुर पुर्जा मगर चयन... पुरा पढ्नुहोस

दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रघुगंगा गाउँपालिकालाई

बेनीमा सम्पन्न दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिका विजयी भएको छ । जिल्ला खेलकुद विकास समिति, म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ११ स्वर्ण, पाँच रजत र चार कास्य पदक सहित रघुगंगा गाउँपालिका विजयी भएको हो । प्रतियोगितामा सात स्वर्ण, १० रजत र सात कास्य पदक... पुरा पढ्नुहोस

बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

म्याग्दी सदरमुकाम बेनीमा दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो । जिल्लामा रहेका स्थानीय तहहरुमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएपछि जिल्ला स्तरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा... पुरा पढ्नुहोस

पूर्वाधारका पर्खाइमा सुनछहरा

२८ माघ, म्याग्दी ।    म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण  धौलागिरी आइसफल आधार शिविर नजिकै पर्ने  सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरु पुग्न सकेका छैनन् ।... पुरा पढ्नुहोस

मोना कतारको अध्यक्षमा भगवतीका भण्डारी सर्वसम्मत चयन

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारको अध्यक्षमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बाबुराम भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था मोना कतारको १२ औँ साधारण सभा मार्फत भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । संस्थाको २२औं वार्षिकोत्सव तथा १२ औँ साधारणसभा नयाँ... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा शाखाका सदस्यहरुको दुर्घटना विमा

म्याग्दी, २७ माघ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा सक्रिय म्याग्दी जेसीजले शाखा सदस्यहरुको निशुल्क दुर्घटना विमा गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीको बेनी शाखासंगको सहकार्यमा जेसीजका सदस्यहरुको दुर्घटना विमा गरिएको हो । म्याग्दी जेसीजको सन २०२५ को नवनिर्वाचित कार्य समितिले बार्षिक कार्ययोजनामा समावेश गरि प्रथम सञ्चालक... पुरा पढ्नुहोस