जनकल्याण माविद्धारा छिमेकी विद्यालयमा अवलोकन तथा स्टेशनरी सहयोग
- २५ मंसिर २०८२, बुधबार
- 1 पटक पढिएको
म्याग्दी, २४ मङ्सिर । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयले छिमेकी फिडर स्कुलहरुमा अध्ययन अवलोकन गरेको छ । बुधवार विद्यालयको कक्षा ६ र ७मा अध्ययन गर्ने विद्यार्थीहरु र कक्षा शिक्षकहरुको टोलीले जनकल्याण माविका फिडर स्कुलको रुपमा रहेका चेतना आधारभूत विद्यालय पुलाडाँडा र ढोलडान आधारभूत विद्यालयको अध्ययन अवलोकन गरेका हुन् । 
उक्त अवसरमा दुबै विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री समेत वितरण गरिएको छ । विद्यालयमा कार्यरत विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) तह उर्तिण शिक्षक जानकी छन्त्याल र अङ्ग्रेजी बिषयमा दर्शनाचार्य (एमफिल) गरेका शिक्षक शिब बानियाँको नेतृत्वमा दुबै विद्यालयमा पुगेका विद्यार्थीहरुसमेतको टोलीले छिमेकमा रहेका दुई विद्यालयहरूमा अनुभव आदानप्रदान, अन्तत्र्रिmया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमको अवसरमा दुई विद्यालयका विद्यार्थीहरूलाई कपी, कलम र पेन्सिलसहितका स्टेसनरी सामग्रीहरू प्रदान समेत गरिएको थियो । सो अवसरमा पुराणप्रसिद्ध ऋषिहरूको तपोभूमि पुलहाश्रम पछै–रावणपार्क, म्याग्दीको पहिलो गुफा मन्दिर वरनाथ, पुलाकोट, ढोलठान दरवार र जगन्नाथ मन्दिरको समेत अध्ययन अवलोकनसहितको भ्रमण गरिएको थियो।
