ताजा अपडेट

माओवादी केन्द्र म्याग्दीकाे विस्तारित बैठकः उम्मेदवार बन्न दर्जनबढी आकांक्षी

म्याग्दी ८ भदौ । नेकपा(माओवादी केन्द्र) म्याग्दीको विस्तारित बैठक सम्पन्न भएको छ । आसन्न प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरि बेनी नगरपालिका–४ मा दुई दिनसम्म सञ्चालन भएको बैठकले आगामी निर्वाचनमा पार्टीलाई शसक्त रुपमा स्थापित गर्न पार्टीको सम्पूर्ण शक्ति केन्द्रीत गर्न चुनाबी अभियान सञ्चालन गर्ने भएको छ । बैठकमा आगामी संघ... पुरा पढ्नुहोस

गाै बाेमबस्त माध्यमिक विद्यालयमा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने

प्रकाश अधिकारी । म्याग्दी ७ भदाै । गाै बाेमबस्त माध्यमिक विद्यालयकाे आयाेजनामा अन्तर विद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएकाे छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा साविककाे देविस्थान गा‍‍विस भित्रका विद्यालयका विद्यार्थीहरुकाे प्रतिभा पहिचान  तथा संस्कृतिक जर्गेनाका लागि प्रतियाेगीताकाे आयाेजना गरिएको प्रतिभा बाल क्लबले जनाएकाे छ। कार्यक्रम यही... पुरा पढ्नुहोस

मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तरक्रिया

बेनी, ७ भदौ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतदाता नामवली अद्यावधिक (दावी विरोध) सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलबार जिल्ला समन्वय समितिका सभाहलमा भएको कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेपछि बिगत देखि सङ्कलन भएको मतदाता नामवलीलाई आगामी निर्वाचनमा समावेश गर्नको लागि मतदाता नामावली अद्यावधिक सम्वन्धी जानकारी गराईएको हो । मंसिर... पुरा पढ्नुहोस

पर्यटकीय स्थल खोप्रामा लजको क्षमता विस्तार

कमल खत्री म्याग्दी,७ भदौ । अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत पर्ने म्याग्दीको पर्यटकीय स्थल खोप्रामा पर्यटकहरुका लागि आवास सुविधाको क्षमता विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिका–५ मा अवस्थित खोप्रामा पाउद्धार पर्यटन सहकारीले लजको क्षमता विस्तार गरेको हो । २० वटा कोटामा ४० जनालाई बास बस्न मिल्ने क्षमता रहेकोमा सहकारीले थप ८... पुरा पढ्नुहोस

वर्षाले अवरुद्ध बेनी–जोमसोम सडक ३६ घण्टापछि खुल्यो

जोमसोम ७ भदौ : आइतबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी–जोमसोम ७६ किमी सडक भर्खरै सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण उत्तरी कोरलानाका जोड्ने बेनी-जोमसोम राष्ट्रिय राजमार्ग अन्तर्गत म्याग्दी खण्डको एक दजर्न स्थानमा बाढी-पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको थियो।   आइतबार राति परेको अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय... पुरा पढ्नुहोस

म्याग्दीमा सहकारी बैंकको शाखा स्थापना गर्न माग

म्याग्दी, ६ भदौ । म्याग्दीका सहकारीकर्मीहरूले बेनीमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना गर्न पहल थालेका छन् । आइतबार सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय सहकारी बैंकको सेवा र सहकारीको समसामायिक विषयमा छलफल कार्यक्रममा बोल्ने सहकारीकर्मीले म्याग्दीका सहकारीहरूलाई सहज र प्रभावकारी सेवा दिन शाखा विस्तारको आवश्यकता रहेको बताइएको थियो । सोही अवसरमा शाखा... पुरा पढ्नुहोस

साइबर अपराध : फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की, ६ भदौ  : पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जर कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले पुनः मोबाइल नम्बर पठाउन आग्रह गरे । यसपछि मोबाइलमा आफूले एउटा लिङ्क पठाएकाले सोको कोड दिन आग्रह गरेपछि व्यवसायी आचार्यले... पुरा पढ्नुहोस

कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बागलुङ ६ भदाै । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडक अवरुद्ध

[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] म्याग्दी ६ भदाै ।  म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक... पुरा पढ्नुहोस