बाम लोकतान्त्रिक गठबन्धनको बेनी बजारमा घरदैलो

  • २० कार्तिक २०७९, आईतवार
  • 491 पटक पढिएको

म्याग्दी २० कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरुले बेनी नगरपालिका वडा नं. ७ र ८ बेनी बजारमा घरदैलो गरेका छन् ।
घरदैलो कार्यक्रममा म्याग्दीको विकास र समृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धका उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्दै मददाता शिक्षा (भोट हाल्ने तरिका) सिकाउदै घरघरमा पुगेका थिए ।
घरदैलो कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का हरि भण्डारीले जिल्लाको विकासका लागि यस पटक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ खमबहादुर गर्बुजा खम्बीर र म्याग्दी प्रदेश सभा क्षेत्र क मा आफुलार्ई बिजयी गराउन आग्रह गर्नुभएको थियो । घरदैलो अभियानमा
नेपाली कांग्रेसका उपसभापती तथ  गठवन्धनका निर्वाचन परिचालन समितीका संयोजक केबी भण्डारी, उपसभापती हरिकुमार श्रेष्ठ, प्रदेश सभा निर्वाचन क्षेत्र ख का सभापती ओम छन्त्याल,  बेनी नगरपालिका वडा नं. ८ र ७  का कांग्रेस र  नेकपा माओवादी का वडा कमिटीका पदाधिकारी तथा सदस्य हरु लगायतका नेताहरुले घरदैलो गरि गठबन्धनका साझा उम्मेदवारहरुलाई बिजयी गराउन आह्वान गर्नुभएको थियो ।­