अर्मन र रत्नेचौरमा एमालेको चुनाबी सभा

  • २२ कार्तिक २०७९, मंगलवार
  • 389 पटक पढिएको

म्याग्दी २१ कात्तिक । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले जिल्लाको विकास र सुशासनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभएको छ ।
सोमवार म्याग्दीको मंगला गाउँपालिका ५ अर्मन र बेनी नगरपालिका १ रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुहुँदै उम्मेदवार श्रेष्ठले जिल्लाको शिक्षा, स्वास्थ्य, खोनपानी, यातायात, कृषि, पर्यटन लगायतको क्षेत्रमा उल्लेख्य विकास गर्ने अठोट लिएर चुनावी मैदानमा उत्रिएको बताउनुभएको हो ।
रत्नेचौरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रदेशसभा निर्वाचन क्षेत्र (क) का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले केपी ओली नेतृत्वमा बनेको एमाले सरकारले शिक्षा, स्वास्थ्य, कृषि, सडक, पर्यटन लगायतका क्षेत्रमा उल्लेख्य विकास गरेको बताउँदै राजनैतिक स्थिरता कायम गराउने, मुलकलाई समृद्धिको बाटोमा अगाडी बढाउने, जनतामा खुसियाली ल्याउने र सुशासन कायम गर्ने एउटा मात्रै पार्टी नेकपा एमाले भएको ठोकुवा गर्नुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भुपेन्द्र बहादुर थापाले राष्ट्रबादी र जनबादी पार्टी नेकपा एमालेको पक्षमा जनलहर बढेको बताउनुभयो । निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहनुभएका थापाले एमालेले जितेर जिल्लामा केही गर्न सकेन भनेर विपक्षले भ्रम छरिरहेको बताउनुभयो । चुनावीसभालाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष सन्तोष रावल, अनेरास्ववियुका प्रदेश कमिटी अध्यक्ष प्रकाश पौडेल लगायतका नेताहरुले सम्वोधन गर्नुभएके थियो ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र (ख) अन्तर्गत मंगलाको अर्मनमा चुनावीसभा सम्पन्न भएको छ । सभामा बोल्दै प्रदेशसभा (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको आधारभूत आवश्यकता र जनजीविकाको सवालमा नीति निर्माण र कार्यान्वयका लागि आफुले भुमिका खेल्नका लागि जनताको अगाडि उभिएको बताउनुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला सह इन्चार्ज नरदेवी पुनले देशको जिम्मेवार पार्टी एमाले भएकाले समृद्ध नेपाल र सुखि नेपालीको संकल्पलाई पुरा गर्नका लागि मंसिर ४ मा नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गर्नुभयो । सभालाई नेकपा एमाले प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला सचिवालय सदस्य खरमाया विटालु, मंगला गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सृजना केसी लगायतका नेताहरुले सम्वोधन गर्नुभएको थियो । सभामा राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरुबाट आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।