ताजा अपडेट
फुट्दा धोका भयाे, अब बाबुरामजी र म मिलेर समाजवादमा पुर्याउँछौं : प्रचण्ड
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
काठमाडौं, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी विभाजीत हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता भएको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बाबुराम र आफू... पुरा पढ्नुहोस
पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
बेनी, ८ असोज । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले पत्रकार धम्काउने व्यक्तिलाई पहिचान गरि कारबाहीको माग गरेको छ । सेन्टरका बाग्लुङ शाखा उपाध्यक्ष तथा इलाकाखबर डटकमका सम्पादक सज्जनकुमार सिंहलाई गणेश गेमिङ नामको फेसबुक ठेगानाको म्यासेन्जर मार्फत धम्की आएको हो । प्रेस सेन्टर गण्डकीका महासचिव सन्तोष गौतमले शनिबार एक... पुरा पढ्नुहोस
जिल्ला कारागारको अनुगमनः कारागारमा दरबन्दीका स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई सास्ती
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
बेनी ९ असोज : म्याग्दीको जिल्ला कारागारमा दुईबर्षदेखि स्वास्थ्यकर्मीको दरबन्दीमा पदपूर्ति हुन सकेको छैन् । कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि एक जना अहेब स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि बिगत दुई बर्षदेखि पदपूर्ति नहुँदा दिर्घरोगका कैदीबन्दीको उपचारमा समस्या भएको छ । कैदीबन्दीलाई सामान्य उपचारका लागि पनि बेनी अस्पतालमा धाउनुपर्ने बाध्यता रहेको कारागारका चौकीदार... पुरा पढ्नुहोस
कृषिमा विद्यार्थीको आकर्षण बढ्दो
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
कुश्मा, ८ असोज । पर्वतको फलेवास नगरपालिका–४ स्थित मुडिकुवाको एक विद्यालयमा प्राविधिक धारअन्तर्गत बालीविज्ञान विषय अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढेको छ । माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यावसायिक माध्यमिक विद्यालयमा व्यावसायिक कृषितर्फउन्मुख क्षेत्रमा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको यस विषयमा रुची देखिएको छ । विद्यालयले कक्षा ९ देखि १२... पुरा पढ्नुहोस
ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
बागलुङ, ८ असोज। गाउँगाउँमा सडक पुगेको छ । हिउँद महिना गज्जबले धुलो उडाउँदै गाडीहरू गुड्छन् तर जब बर्खा लाग्छ, तब बन्द हुन्छन् बागलुङका ग्रामीण सडक । असार तेस्रो सातादेखि बन्द भएका यहाँका अधिकांश ग्रामीण सडक अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । बर्खाले क्षतविक्षत बनेका सडक दसैँ आउन थाल्दा पनि... पुरा पढ्नुहोस
मालढुङ्गामा लागु औषध सहित पुनः ५ जना पक्राउ
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
म्याग्दी ८, असोज । मालढुङ्गामा लागु औषध सहित पुनः ५ जना पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध सहित उनिहरुलाई... पुरा पढ्नुहोस
आज पनि विहानैदेखि भारी वर्षा
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
म्याग्दी, ८ असोज, । आज पनि मौसममा बदली आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ । यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ... पुरा पढ्नुहोस
मार्फाकी खुस्वु भईन् मिस मुस्ताङ
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
जोमसोम ८ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाकी खुस्वु ज्वाहारचन मिस मुस्ताङ बनेकी छिन् । थाक खेलकुद तथा सास्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ २०७९ अन्तर्गत भएको मिस मुस्ताङ प्रतियोगिताको अन्तिम ग्राण्ड फेनालीमा उनलाई मिस मुस्ताङ घोषित गरिएको हो । मिस मुस्ताङ २०७९ की ज्वाहारचन मिलिजुली क्लव मार्फाबाट मुस्ताङ... पुरा पढ्नुहोस
सदरमुकाम र सहरमै छैन खानेपानी
- 3 बर्ष, 1 महिना अगाडि
- ७ आश्विन २०७९, शुक्रबार
बलेवा, ७ असोज । जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी... पुरा पढ्नुहोस
अल्लो उद्यमीका रुपमा चिनिएकी नेकसरा
- 3 बर्ष, 1 महिना अगाडि
- ७ आश्विन २०७९, शुक्रबार
म्याग्दी ७ असोज । संस्कृतमा एउटा उक्ति छ ‘उद्यमेन शिद्धयन्ति कार्याणी वामनोरथै’ अर्थात् उद्यम (परिश्रम) गर्ने मानिसको सम्पूर्ण मनोरथ (चाहना) पूरा हुन्छन् । संस्कृतको यो उक्ति म्याग्दीकी एक महिला उद्यमीले व्यावहारिकरुपमा नै पुष्टि गरेर देखाइ दिनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीस्थित मङ्गलाआमा समूहको भवनमा अल्लोको धागोबाट कपडा बुन्दै आउनुभएकी नेकसरा... पुरा पढ्नुहोस