ताजा अपडेट

बरंजामा विद्यार्थीहरुको दन्त परिक्षण शिविर सम्पन्न

म्याग्दी १६ पुस । म्याग्दीको मंगला गाउँपालिका ३ र ४ बरंजामा निशुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बरंजा भूतपूर्व विद्यार्थी क्लवले शनिवार महेन्द्र रत्न माविको प्राङ्गणमा शिविरको आयोजना गरेको हो । शिविरमा वडा नम्वर ३ र ४ भित्र रहेका मावि तथा आधारभूत विद्यालयमा अध्ययनरत विद्याथीहरुको दाँत परिक्षण, दाँत... पुरा पढ्नुहोस

अध्यक्ष नेपालद्वारा पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव

काठमाण्डाै १६ पुस । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो । आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी... पुरा पढ्नुहोस

कर्मचारीको लापरबाहीले बजेट रोकिएपछि रावण उद्यान निर्माण अधुरै

बेनी, १६ पुस । म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो । बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो... पुरा पढ्नुहोस

गलेश्वधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्पन्न

गलेश्वर १ ६ पुस । गलेश्वरधाम आमा समुहको १२औं बार्षिक साधरण सभा सम्मन्न भएको छ। म्याग्दीको बेनी नगरपालिका–९मा रहेको गलेश्वरधाम बहुउद्देश्यीय हलको परिसरमा समुहको १२औं बार्षिक साधरण सभा शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि  गण्डकी प्रदेश सदस्य बिमला गौचनले साधरण सभाको उद्घाटन गर्नु भएको थियो । साधरण सभालाई सम्बोधन... पुरा पढ्नुहोस

म्याग्दीका किसान हिउँदे तरकारी खेतीले आत्मनिर्भर बन्दै

[caption id="attachment_46878" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] गलेश्वर १६ पुस ।  म्याग्दीका स्थानीय किसान हिउँदे तरकारी खेती गरेका कारण आत्मनिर्भर बन्दै गएका छन् । हिउँदे मौसममा फल्ने विभिन्न खालका तरकारीको खेतीले म्याग्दीका बेनी नगरपालिकासहित मङ्गला र अन्नपूर्ण गाउँपालिकाका किसानको आर्थिक समृद्धि गराउनुका साथै जीवनस्तर उकास्न सहयोग गरेकोे हो । यस वर्ष... पुरा पढ्नुहोस

फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटन, १६ पुस । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन ।... पुरा पढ्नुहोस

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

  कास्की, १५ पुस : देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको... पुरा पढ्नुहोस

लोकदिप सहकारीको साधारणसभा : विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह

  बेनी, १५ पुष । बेनीको लोकदिप बचत तथा ऋण सहकारी संस्थाले विपद् प्रभावित सेयर सदस्यको ऋण मिनाह गरेको छ । बेनीमा शुक्रबार भएको नवौ वार्षिक साधारणसभामा २०७८ साउनमा आगोलागीबाट पसल जरेर नोक्सान ब्यहोरेकी सेयर सदस्य रुपमाया निउरे शर्माले लिएको ऋण मिनाह गरिएको जानकारी गराइएको हो । सहकारीले बेनपा ८... पुरा पढ्नुहोस

म्याग्दीमा बंगुरमा अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण

बेनी १५ पुस : देशका विभिन्न स्थानमा बंगुरमा देखा परेको ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणका कारण म्याग्दीमा समेत बंगुर मर्न थालेका छन् । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा पालिएको बंगुरमा सङ्क्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रुपमै... पुरा पढ्नुहोस

बेनीमा सार्वजनिक जग्गामा बनेका अव्यवस्थित संरचना हटाउन सुरु (तस्बिर/भिडियो)

म्याग्दी १५ पुस । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गामा निर्माण भएका अव्यवस्थित भौतिक संरचना हटाउन सुरु गरेको छ । बसपार्क, सडक, पुल लगायतका क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका संरचनालाई हटाउन सुरु गरिएको हो । शुक्रवार बेनी नगरपालिका– ८ मा पर्ने कालीपुलको बसपार्क क्षेत्रमा निर्माणधिन बसपार्क क्षेत्रभित्र रहेका अव्यवस्थित संरचना हटाइएको... पुरा पढ्नुहोस