अन्नपूर्ण २ भुरुङ तातोपानीमा माओवादी केन्द्र बिजयी

  • १ जेष्ठ २०७४, सोमबार
  • 2947 पटक पढिएको

म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका– २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३) र बिरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षका प्रत्यासी काँग्रेसका आत्मा तुलाचनले १०९ र एमालेका यामबहादुर फगामीले ७५ मत प्राप्त गर्नुभएको छ । दुई वटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा ८ मत बदर भएको थियो ।

भुरुङ तातोपानीबाट गाउँपालीकाको अध्यक्षमा माओवादी केन्द्रका कुलबिर राम्जालीलाई १६९, काँग्रेसका डमबहादुर पुनलाई ११५ र एमालेका नारायण पुनलाई १०८ मत प्राप्त भएको छ । दुई वटा वडाको मतगणना हुँदासम्म अन्नपूर्णको अध्यक्ष र उपाध्यक्षमा एमालेकै उमेद्वारले अगुवाई गरेका छन् ।

अध्यक्षमा एमालेका नारायण पुनले ४४२, उपाध्यक्षमा दुर्गादेवी पाईजाले ४४५, अध्यक्षमा काँग्रेसका डमबहादुर पुनले ३२५ र उपाध्यक्षमा केशमाया मगरले ३१० र माओवादी केन्द्रका गाउँपालीका अध्यक्षका उमेद्वार कुलबिर राम्जालीले १७८ मत प्राप्त गर्नुभएको छ ।