तोप बहादुर कटुवालको आत्मपिडा सार्वजनिक

  • २८ माघ २०८०, आईतवार
  • 397 पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिसिनचौतारीका तोपबहादुर कटुवाल केसीको मेरो स्मरण आत्मपिडा पुस्तक सार्वजनिक भएको छ ।रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन भोगाईका कथाहरु समावेश गरिएको छ । आफ्नै निवासमा आफुले अहिले सम्म गरेका हरेक काम र सहयोगका बारेमा सबैलाई जानकारी गराउने उदेश्यले उक्त पुस्तक प्रकाशन गरेको केसीले बताउनुभयो ।

सुरत कार्कीको अध्यक्षता र मिन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका नेता एकेन्द्र रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा रिसीनचौतारी आमा समुह र अन्य व्यक्तीहरुको समेत उपस्थिति रहेको थियो ।