पहिरोमा पुरिएर म्याग्दीको रुममा एकजनाको मृत्यु

  • ८ आश्विन २०८०, सोमबार
  • 409 पटक पढिएको

बेनी  : बाटोमा हिँडिरहेको अवस्थामा पहिरोले  पुरिएर म्याग्दीको मालिका गाउँपालिका – २ रुममा सोमबार एकजनाको ज्यान गएको छ ।  गोठका गाईवस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका करिब ४८  वर्षीय तिर्थबहादुर विकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए ।

‘बिहान पौने ८ बजेतिर हिँडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि खोजिमा जुटेका थियौं,’उनले भने, ‘डोजर परिचालन गरेर पहिरोबाट शव निकालिएको छ।’