मोना कुवेतको तिज विशेष कार्यक्रम सम्पन्न

  • ३१ भाद्र २०८०, आईतवार
  • 338 पटक पढिएको

कुवेत ३१ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको पावन अवसरमा म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कुवेतद्वारा आयोजित तिज विशेष दर खाने तथा पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । कुवेतको मङाफ स्थित मेमोराईज हलमा शुक्रबार सांस्कृतिक तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कुवेतमा रहेका विभिन्न नेपाली संचार माध्यमहरुमा आवद्ध पत्रकारहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख संरक्षक मान बहादुर फगामीले प्रदेशमा रहदा पनि नेपाली चाडपर्वहरु उत्तिकै प्रीय लाग्ने बताउनुभयो । जितको अवसरमा दिदीबहिनीहरुलाई भेला गरि दर खुवाउनु भनेको तिजको मौलिकता जोगाउनु हो, जुन महत्वपूर्ण काम मोनाले गरेको छ, फगामीले भन्नुभयो ।

कार्यक्रमको अवसरमा संस्थामा रहेका दिदीबहिनीहरुलाई लुङ्गी उपहार दिईएको मोना कुवेतका महासचिव विमल पुनले बताउनुभयो । कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । भने दिदी बहिनीहरुले दर खाएर तिजका गीतमा छमछमी नाचेर रमाईलो गरेका थिए । कुवेतमा रहनुभएका म्याग्देली दिदीबहिनीहरुलाई तिजको अवसरमा माईतीकै झल्को मेट्ने गरि दर खुवाउने कायक्रम आयोजना गरिएको मोना कुवेतका अध्यक्ष दिपक छन्त्यालले बताउनुभयो ।

साथै उहाँले कार्यक्रम सफल बनाउनका लागि आर्थिक तथा भौतिक रुपमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान प्रकट गर्दै कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई आभार व्यक्त गर्नुभएको छ । कार्यक्रम संस्थाका अध्यक्ष छन्त्यालको अध्यक्षता, उपाध्यक्ष तेजिन श्रेष्ठको स्वागत र महासचिव बिमल पुनको संचालनमा सम्पन्न भएको थियो ।