मोना जापानको नयाँ नेतृत्व चयन, अध्यक्षमा विशाल केसी

  • १७ भाद्र २०८०, आईतवार
  • 372 पटक पढिएको

हिरा बुढाथोकी
जापान, १७ भदौ । जापानमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) जापानको नयाँ नेतृत्व चयन भएको छ । आइतवार सम्पन्न आठाँै अबिधेशनबाट विशाल केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।


समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा पवित्रा पुन , क्षेत्रिय उपाध्यक्षमा रुपेश पुन, उपाध्यक्षमा महेन्द्र चोखाल , प्रकाश तुलाचन, टिका छन्त्याल, महासचिबमा सागर कार्की, सचिबमा रेखा केसी, क्षेत्रिय सचिबमा उज्वल बानियाँ, कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की, सहकोषाध्यक्षमा सुरेश पुन, प्रवक्तामा कमल बानियाँ चयन हुनुभएको छ ।
त्यसैगरि महिला संयोजकमा कबिता भट्टचन, युवा संयोजकमा सनम फगामी, खेलकुद संयोजकमा धना पुर्जा, साँस्कृतिक संयोजकमा गणेश छन्त्याल, पालिका संयोजकमा सुरेन्द्र सुनार चयन हुनुभएको छ । समितिको सदस्यहरुमा गणेश बानियाँ, विनोद रेग्मी, उषा हमाल, बीरबहादुर गर्वुजा, दिपक सुवेदी, आश्विन भण्डारी, प्रदिप घर्ति मगर, जीवन थापा मगर, मनोज बानियाँ, सुवास खत्री लगायत रहनुभएको छ ।
अधिवेशनको मोना अन्तराष्ट्रियका बरिष्ठ उपाध्यक्ष ददिवल खड्काले उद्घाटन गर्नुभएको थियो । उहाँले मोनाले प्रवासी म्याग्देलीहरुको सकार्य, एकता र समन्वयमा रचनात्मक सामाजिक कार्यहरु गरेको बताउँदै आगामी दिनमा यसलाई थप व्यवस्थित र फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । मोना जापानका अध्यक्ष सचिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल व्यवसायी संघका अध्यक्ष विजेश थकाली, मोनाका एशिया प्यासिफिक संयोजक दिपक कार्की लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मोना जापानमा आबद्ध भएका र एनआरएनए जापन र क्षेत्रीय समितिहरुमा निर्वाचित भएकाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जापान स्थित राजनीतिक दल, एनआरएनएका प्रतिनिधि, मोना जापानका सल्लाहकार लगायतले समेत मन्तव्य राख्नुभएको थियो ।