मल्कबाङ समाज युकेको नयाँ नेतृत्व : अध्यक्षमा शेर छन्त्याल चयन
- ५ भाद्र २०८०, मंगलवार
- 775 पटक पढिएको
म्याग्दी , ५ भदौ । बेलायतमा बसोबास गर्ने म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङबासीहरुको साझा संस्था मल्कबाङ समाज युकेको नयाँ नेतृत्व चयन भएको छ । बेलायतको रेडिङ शहरमा अधिवेशन गरि नयाँ कार्यसमिति चयन गरिएको हो । अधिवेशनबाट संस्थाका संस्थापक अध्यक्ष शेर छन्त्याल पुनः अध्यक्षमा चयन हुनुभएको छ । सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा टीका पुर्जा पुन चयन हुनुभएको छ । समितिको सचिबमा रत्न गर्बुजा र कोषाध्यक्षमा देउ कुमारी छन्त्याल चुनिनुभएको छ । समितिको सदस्यमा इन्द्र कुमारी छन्त्याल, रेशम फगामी र चन्द्रकुमारी छन्त्याल चयन गरिएको छ ।
सन २०१५ मा स्थापना गरिएको मल्कबाङ्ग समाज युकेले यो बर्ष आठौ बार्षिक भेटघाट कार्यक्रम सफलतापूर्वक सप्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरिएको हो । रोजगारीको सिलसिलामा बेलायत पुगेका मल्कबाङ्ग बासीको सुखदुःखमा हातेमालो गर्ने र सधै एकताबद्ध रहने उद्देश्यले स्थापना गरिएको मल्कबाङ्ग समाज यु केले मल्कबाङ्गको बिकास र सामाजिक कार्यमा सधै सकारात्मक भुमिका खेल्दै आएको छ ।