मंगलाको काफलचौरमा जीप दुर्घटना, एक यात्रुको मृत्यु, सात जना घाईते

  • ९ माघ २०७९, सोमबार
  • 459 पटक पढिएको

बेनी, ९ माघ । मंगला गाउँपालिका– २ थाईबाङबाट सदरमुकाम बेनी आउदै गरेको ग १ ज ६९३८ नम्वरको बोलेरो जीप मंगला गाउँपालिका– २ काफलचौरमा दुर्घटना हुदाँ सवार एक जनाको मृत्यु भएको छ भने सवार अन्य ७ जना घाईते भएका छन्। दुर्घटना हुदाँ सवार मंगला गाउँपालिका– १ की फमाया गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बेनी अस्पतालले जानकारी दिएको ।


बेनी अस्पतालका सुचना अधिकारी रिन्छेन चालिसेका अनुसार दुर्घटनामा घाईत मंगला गापा १ की ३४ बर्षकी सन्तु केसी, १० बर्षका सिवानी केसी र ५ बर्षका छोरा रिवान केसीको थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिनुभयो ।

अन्य घाईते मंगला गापा १ का १५ बर्षकी बविना परियार, ३८ बर्षका टेकबहादुर गर्वुजा, ५० बर्षकी भमिकला नेपालीको बेनी अस्पतालमा उपचार भईरहेको छ। उनीहरुको अवस्था सामान्य रहेको छ। वडानम्वर २ की २३ बर्षकी विपना कार्कीको उपचार प्रश्चात डिचार्ज गरिएको बेनी अस्पताले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ। घटनास्थलबाट जनप्रतिनिधि, स्थानीय र प्रहरीले उद्धार गरेर घाईतेलाई बेनी अस्पताल ल्याएका थिए ।