धौलागिरी गाउँ कार्यपालीकाको गाउँसभा तयारी
- २९ असार २०७४, बिहीबार
- 2413 पटक पढिएको
म्याग्दी २९ असार । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको प्रथम गाउँसभाको लागि तयारी बैठक बुधबार मुनामा सम्पन्न भएको छ । गाउँपालीका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको बैठकले गाउँसभामा प्रस्तुत गर्ने निती तथा कार्यक्रम, बिनियोजन र आर्थिक बिधेयक परित गरेको छ ।
बिहीबार हुने गाउँसभामा २६ करोड ९३ लाख २७ हजार रुपैया बराबरको बजेट प्रस्ताव गरिने भएको छ । यसैगरी गाउँकार्यपालीका अन्तरगत विभिन्न विभाग र विषयगत समिति गठन भएको छ । गाउँकार्यपालीकाको प्रवत्ताको जिम्मेवारी वडा न. १ का अध्यक्ष झकबहादुर छन्त्यालले पाउनुभएको छ ।
गाउँपालीका उपाध्यक्ष रेशम छन्त्याल पूर्वाधार, देउप्रसाद छन्त्याल आर्थिक, राजाराम सुवेदी सामाजिक, कलानिधी सुवेदी, सार्वजनीक सेवा तथा क्षमत्ता विकास, गमप्रसाद विक वातावरण तथा विपद् र तिलकुमारी केसी बिधेयक समितिको संयोजकमा चयन हुनुभएको छ ।
यस्तै बिभागतर्फ सार्वजनीक सेवामा कलानिधी सुवेदी, राजस्व तथा अर्थमा पूर्म पुन, पूर्वाधार तथा भवन निर्माण रेशम छन्त्याल, आर्थिक विकास रेशम छन्त्याल, सामाजिक राजाराम सुवेदी, योजना तथा अनुगमन विभाग संयोजकमा झकबहादुर छन्त्याल चयन हुनुभएको छ । गाउँसभामा आगामी आर्थिक वर्षको योजना तथा