बेग र दोवामा भुसंरक्षणको समिक्षा

  • २८ असार २०७४, बुधबार
  • 3407 पटक पढिएको

बेनी २८ असार । म्याग्दीको रघुगंगा गाउँपालीका १ बेग र अन्नपूर्ण गाउँपालीका २ दोवामा जिल्ला भुसंरक्षण कार्यालयद्धारा सञ्चालीत योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । कार्यालयद्धारा सञ्चालित सामुदायीक विकास तथा वन जलाधार संरक्षण आयोजना मार्फत भएका गतिबिधी र खर्च विवरण सार्वजनिक गरिएको थियो । कार्यक्रम अन्तरगत बेग र दोवामा पहिरो, भुक्षय नियन्त्रण, मुहान संरक्षण, खोला किनार संरक्षण, गोरेटोबाटो सुधार, ढल निकास, कुलो निर्माण, पावर महिला समूहलाई अनुदान, वृक्षारोपण लगायतका गतिबिधि भएका छन् ।

बेगमा कार्यालयको १३ लाख ८८ हजार २२९ रुपैया अनुदान र उपभोक्ताको आठ लाख ५० हजार ९९२ रुपैया बराबरको श्रमदानमा १९ वटा संरक्षणमुलक योजना निर्माण भएको छ । दोवामा कार्यालयको १० लाख ४ हजार १११ रुपैया, साविक गाविस कार्यालयको एक लाख ९९ हजार र उपभोक्ताको २ लाख ३५ हजार ८४६ रुपैया लगानीमा १७ वटा योजना निर्माण भएको छ ।

समिक्षा कार्यक्रममा भुसंरक्षण अधिकृत दिवाकर पौडेलले सक्रिय जनसहभागीताले कार्यक्रम सञ्चालन गर्न सहज भएको बताउनुभयो । बेगमा भएका गतिबिधिको बारेमा सहायक भुसंरक्षण अधिकृत सम्भुकुमार मिश्र र दोवाको सबईञ्जिनियर बिरेन्द्रकुमार महतोले जानकारी गराउनुभएको थियो ।

बेगमा वडा समन्वय समितिका अध्यक्ष बिरबहादुर तिलीजाको अध्यक्षता, महिला उत्प्रेरक्षक लक्ष्मी फगामीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य तिलक तिलीजा, बिष्णु पुन, नेपाली काँग्रेसका नेत्र पुन, वडा समन्वय समितिका यामबहादुर तिलीजा, महिला पावर समूहका कल्पना फगामीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दोवामा जबहादुर पुर्जाको अध्यक्षता, जुनकुमारी पुर्जाको सञ्चालनमा सम्पन्न कायृक्रममा वडा सदस्य सोभा बिक, एमालेका बिकास पुन, काँग्रेसका खगेन्द्र गर्बुजा, महिला पावर समूहका बिन्दु पुर्जा, वडा समन्वय समितिका ईच्छा गर्बुजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।