ठुलोखोलामा झोलुङ्गे पुल निर्माण
- २६ असार २०७४, सोमबार
- 2232 पटक पढिएको
म्याग्दी, २६ असार । म्याग्दीको बेनी नगरपालीका ४ को ठूलोखोला र स्वाँतको सिमानामा पर्ने म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । ३७ लाख ७८ हजार ६६५ रुपैयाको लागतमा निर्माण भएको ७५ मिटर झोलुङ्गे पुलबाट २०७ घरधुरीका एक हजार ३४ जनसंख्या लाभान्वित भएका छन् । सिंगा, ठूलोखोला, स्वाँत, थामडाँडा, तातोपानी र बरंजाका बासिन्दाहरुलाई आवत जावत गर्न सुबिधा भएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर रोकाले बताउनुभयो ।
स्वाप कार्यक्रमको २८ लाख ६३ हजार ९६०, चार लाख ४७ हजार ५० रुपैया बराबरको लठ्ठा र ग्रिपअप सहयोग, जिल्ला समन्वय समितिको एक लाख नौ हजार ४४६, बेनी नगरपालीकाको एक लाख सात हजार १ र उपभोक्ताको ५१ हजार २०० रुपैया बराबरको श्रमदानमा पुल निर्माण भएको हो ।
पुल निर्माणका क्रममा एक हजार ३९६ जनादिन बराबरको रोजगारी सिर्जना भएको छ । यसअघि जिर्ण अवस्थामा रहेको काठे पुलबाट वारपार गर्नुपर्ने अवस्था रहेको थियो । यसवर्ष म्याग्दीमा थप ८ वटा झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेका छन् । मिलन म्याग्दीको सामाजिक परिचालन र टिबीएसयुको प्राबिधिक सहयोगमा उपभोक्ता समिति मार्फत झोलुङ्गे पुल निर्माण निर्माण योजना सञ्चालन गरिएको जिल्ला समन्वय समितिका असिस्टेन्ट सब ईञ्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो ।