सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा

  • २२ असार २०७४, बिहीबार
  • 3018 पटक पढिएको

म्याग्दी, २२ असार । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा म्याग्दीका नहकुल सुवेदी बढुवा भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले न्यायपरिषदको सिफारिस अनुसार सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार जस्तो गरिमामय पदमा म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी नहकुल सुवेदी नियुक्त भएका हुन्् ।

सुवेदी सर्वोच्चको सह–रजिष्ट्रार हुँदै न्यायपरिषदको सचिव थिए । सुवेदीले सर्वोच्चमा लामो समय मुद्दा फाँटमा रहेर काम गरिसकेका छन् । मुख्य रजिष्ट्रारले सर्वोच्च, उच्च अदालत, जिल्ला अदालत र अन्य अर्धन्यायीक निकायको प्रशासन हेर्न पाउने व्यवस्था रहेको छ । न्यायपालिका संघीय संरचनामा गएपछि सर्वोच्चमा मुख्य सचिव सरह रहने गरी मुख्य रजिष्टार बनाएको हो ।