नगरपालिका क्षेत्रमा निर्वाचन क्षेत्र र साँसद विकास कोषका योजनाको अनुगमन

  • २१ असार २०७४, बुधबार
  • 1985 पटक पढिएको

म्याग्दी, २१ असार । चालु आर्थिक बर्ष २०७३÷०७४ मा बेनी नगरपालिका क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र साँसद विकास कोष मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरुको अनुगमन गरिएको छ ।

निर्वाचन क्षेत्र र साँसद बिकास कोष मार्फत भवन निर्माणको योजना परेको गलेश्वर मावि तोरीपानी, पौलश्य मावि भिरमुनी, विद्यामन्दिर आधारभुत विद्यालयमा निर्माणधिन कक्षाकोठा भवनको अनुगमन गरिएको थियो ।


साँसद रेशमबहादुर बानियाँको नेतृत्वमा रहेको अनुगमन टोलिमा काँग्रेसका विद्यार्थी नेता सुजन बरुवाल, जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर रोशन ज्ञवाली, सब ईन्जिनियर सबिन जेठीपार लगायतको सहभागिता रहेको थियो । सो टोलिले अर्थुङ्गे –पुलाचौरको सडक स्तरोन्नतीको योजनाको समेत अनुगमन गरेको थियो । यसअघि म्याग्दीका साँसदहरुको टोलिले जिल्लाको विभिन्न ठाउँमा सञ्चालन भएका योजनाहरुको अनुगमन गरिसक्नुभएको छ ।