लागू औषध ओसार पसार विरुद्धको दिवस मनाइयो

  • १२ असार २०७४, सोमबार
  • सन्तोष गौतम
  • 2399 पटक पढिएको

म्याग्दी १२ असार । बेनीमा सोमबार विभिन्न कार्यक्रम गरेर लागू औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

जिल्ला प्रसासन कार्यालय म्याग्दीको आयोजनामा बेनीमा प्रभातफेरी र जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी र कार्यालय प्रमुखहरुको सहभागीतामा सुरु भएको ¥यालीले बजार परिक्रमा गरी सोही ठाउँमा पुगेर समापन भएको थियो ।¥यालीपछि आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्र्रसाद पौडेलले लागु औषध दुब्र्यसनी विकासको बाधक रहेको बताउँदै यसलाई न्युनीकरणका लागि समाज सचेत बन्नुपर्ने बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले लागु औषध दुब्र्यसनी नियन्त्रणका लागि भएका पहलको बारेमा जानकारी गराउँदै युवा पुस्तालाई कुलतबाट बचाउन अभिभावकले बिशेष सावधानी अपनाउन आग्रह गर्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 

सन्तोष गौतम