कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैममा’ गितको म्युजिक भिडियो छायाँकन

  • १२ असार २०७४, सोमबार
  • 6912 पटक पढिएको

म्याग्दी, १२ असार । म्याग्दीका साहित्यकार तथा गायक तोबबहादुर कार्कीको पहिलो लोकगिति एल्बमको म्युजिक भिडियो छायांकन गरिएको छ । कार्कीको ‘म्याग्दी जिल्ला बगरफाँटैमा’बोलको लोकगित म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको छ । शनिवार सो गितको म्युजिक भिडियोको बगरफाँटमा छायाँंकन समेत गरिएको छ । 

सर्जक कार्की स्वयमले स्वर दिएको सो गितको म्युजिक भिडियो क्रियटिम मिडिया प्रोडक्सनले बजारमा ल्याउन लागेको हो । युवा निर्देशक भुपेन बानियाँले निर्देशन गरेको सो म्युजिक भिडियोमा भिडियो छायाँकन निर्देशक भुपेन बानियाँले गरेका छन भने रबिना भण्डारी, कमल मगर लगायतले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको छयाँकन सहयोगमा विशाल गोतामे र अतिथि कलाकारमा तिलु शर्मा र राजकुमार बानियाँ रहेका छन् । सो म्युजिक भिडियोको मिडिया पाटनरमा म्याग्दीअनलाईन डटकम रहेको छ । निर्देशक बानियाँले बिगतका अनुभवहरुलाई समेटेर म्युजिक भिडियोलाई आकर्षक बनाउने कोसीस गरेको प्रतिकृया दिए ।

यता म्याग्दीमा लोकप्रिय बन्दै गएकी मोडल रविना भण्डारीले कार्कीको लोकगितमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउँदै दर्शकलाई सक्दो मनोरञ्जन दिने गरि अभियन गरेको बताईन् ।