बेगखोलामा अस्थाई पुल निर्माण

  • ११ असार २०७४, आईतवार
  • सन्तोष गौतम
  • 3258 पटक पढिएको

बेनी ११ असार । बेनी–जोमसोम सडक अन्तरगत पर्ने म्याग्दीको रघुगंगा गाउँपालीका १ स्थित बेगखोलामा अस्थाई पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले ६ मिटर लामो अस्थाई पुल निर्माण गरेको हो । गत भदौमा आएको बाढीले बेगखोलामा रहेको बेली ब्रिज र झोलुङ्गे पुल बगाएको थियो ।
अस्थाई पुल निर्माण भएपछि बेनी जोमसोम सडकमा बर्खा याममा पनी सिधा सवारी सञ्चालन गर्न सकिने आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले बताउनुभयो ।

पुलमा एकतर्फ रुपमा सवारी आवत जावत गर्न सक्नेछन् । बर्खा याममा सहज रुपमा सवारी साधन आवत जावत गर्ने व्यवस्थाका लागि अस्थाई पुल निर्माण गरिएको आयोजनाले जनाएको छ । सडक मर्मतका लागि एउटा डोजर तयारी अवस्थामा राखिएको छ ।

बेलीब्रिज बगाएपछि बेगखोलामा बाढी आउँदा सवारी साधन र मानीसलाई आवत जावत गर्न समस्या हुने गरेको थियो । आयोजनाले ७६ किलोमिटर दुरीको बेनी जोमसोम सडकको पाच खण्डमा ठेक्का सम्झौता गरी कालोपत्र गर्नका लागि स्थलगत सर्वेक्षणको काम भैरहेको जनाएको छ ।

 

सन्तोष गौतम