जिल्ला भूसंरक्षण कार्यालयद्धारा सञ्चालित योजनाहरुको संयुक्त अनुगमन
- ११ असार २०७४, आईतवार
- कमल खत्री
- 2923 पटक पढिएको
म्याग्दी, ११ असार । जिल्ला भूसंरक्षण कार्यालयले चालु आर्थिक बर्ष २०७३÷०७४ मा सञ्चालन गरेका विभिन्न संरक्षणमुखी विकास योजनाहरुको संयुक्त अनुगमन गरिएको छ । कार्यालयले यो बर्ष जिल्लाका विभिन्न साविकका गाविसहरुमा सञ्चालन गरेको योजनाहरुको जिल्ला स्थित सरोकारवालाहरुको टोलि बनाएर संयुक्त अनुगमन गरिएको हो ।
कार्यालयले रघुगंगा गाउँपालिकाको बेगखोला, पाखापानी र झिँ, अन्नपूर्ण गाउँपालिकाको दोबा, बेनी नगरपालिकाको गिठीनी, पात्लेखेत, मंगला गाउँपालिकाको अर्मन, मालिका गाउँपालिकाको निस्कोट, ओखरबोट, रुम, देविस्थान लगायतका ठाउँमा सञ्चालन गरेका योजनाहरुको संयुक्त अनुगमन गरिएको जिल्ला भूसंरक्षण अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो ।
जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र संचारकर्मीको सहभागितामा गरिएको अनुगमनको क्रममा भूसंरक्षण कार्यालयबाट सञ्चालन भएका योजनाहरु अधिकाँश सम्पन्न भईसकेको र केही निर्माण सम्पन्नको क्रममा रहेको पाईएको छ ।
कार्यालयले यस बर्ष जिल्लामा विभिन्न करिब २ सय वटा संरक्षणमुखी योजना सञ्चालन गरेको थियो । कार्यालयले यस बर्ष सामुदायिक विकास तथा बन जलाधार संरक्षण आयोजना अन्र्तगत ओखरबोट, दोबा र बेगमा ९÷९ वटा संरक्षणमुखी योजनाहरु सञ्चालन गरेको थियो ।
त्यस्तै जिल्ला भुसंरक्षण कार्यक्रम अन्र्तगत सञ्चालन भएका मुल तथा सिचाई कुलो संरक्षण र मर्मत, बोटविरुवा तथा डालेघाँसका विरुवा वितरण, पोखरी निर्माण योजनाहरु समुदायको लागि निकै प्रभाबकारी बनेको देखिएको छ ।
त्यसैगरि आकस्मिक भूसंरक्षण कार्यक्रम अन्र्तगतका गल्छी, पहिरो रोकथाम, नदी कटान नियन्त्रणका योजनाहरुले बर्खायाममा हुनसक्ने सम्भावित जोखिम न्युनीकरणमा सहयोग पु¥याएको छ ।
त्यस्तै कार्यालयले यस बर्ष राष्ट्रिय पुननिर्माण कोष तर्फ भूकम्पले सृजित गल्छि तथा पहिरो रोकाथाम, पानी पोखरी तथा मुल संरक्षण योजनाहरुले समेत भूक्षय तथा बाढी पहिरो रोकथामको साथै वातावरण संरक्षणमा सहयोग पु¥याएको अनुगमन टोलिले जनाएको छ ।
अनुगमनको क्रममा कार्यालय मार्फत विभिन्न ठाउँमा पाउर महिला समुह मार्फत गरिब तथा विपन्न महिलाहरुको आयआर्जनको लागि परिचालन भएको कोष र त्यस कोष मार्फत महिलाहरुले गरेको आयआर्जनका गतिविधिहरुको समेत अनुगमन गरिएको थियो ।
अनुगमनले कार्यालयबाट सञ्चालन भएका योजनाहरुको प्रभाबकारीता र गुणस्तरीयता बारे जानकारी हुनुको साथै उपभोक्ताका समस्या, गुनासा र लगानीबारे समेत सरोकारवालालाई ध्यानकर्षण गराउन महत्वपूर्ण सहयोग गरेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l
Dherai ramro kam