सोनाक्षीलाई यसरि पाखा लगाउँदैछन् सलमान

  • २६ माघ २०७३, बुधबार
  • 2185 पटक पढिएको

salman-and-sonaxi

नायक सलमान खानसँग दुश्मनी राख्ने जोकोहि कलाकारलाई पनि बलिउडमा टिक्न मुश्किल नै पर्छ । अब, सलमानको यो सूचीमा नायिका सोनाक्षी सिन्हा पनि थपिएकी छिन् ।

चलचित्र ‘दबंग’बाटै सलमानले सोनाक्षीलाई बलिउडमा भित्राएका थिए । उनीहरुले ‘दबंग २’मा पनि एकसाथ काम गरे । तर, केहि महिना अगाडि यी दुइको सम्बन्धमा खटपट सुरु भयो । जसको प्रत्यक्ष असर अहिले सोनाक्षीले भोगिरहेकी छिन् ।

सलमानले चलचित्र ‘दबंग ३’बाट सोनाक्षीलाई हटाएर अर्की नायिका एमी ज्याक्सनलाई राखिसकेका छन् । अगाडिका २ सिक्वेलमा देखिएकी सोनाक्षी तेश्रो सिक्वेलमा नदेखिनु, सलमानसँगको दुश्मनीको मुख्य कारण हो ।

सलमानको होम प्रोडक्शनमा बनेको एक चलचित्रमा सोनाक्षीले खेल्न इन्कार गरेपछि यी दुइविच सम्बन्ध चिसिएको हो । सलमानले अब, नायिका सोनाक्षी सिन्हालाई अर्को झट्का पनि दिएका छन् । सलमान अप्रिल महिनामा विश्व भ्रमणमा निस्कदैछन् ।

सलमानको साथमा यो टोलीमा, विपशा वासु, वादशाह, प्रभुदेवा, डेजी शाह, मनिष पल हुनेछन् । सुरुवातमा नायिका सोनाक्षी सिन्हाको नाम पनि यो टोलीमा थियो । तर, अब उनलाई अर्की नायिका तमन्ना भाटियाले विस्थापित गरेकी छिन् ।

तमन्नाको डान्स स्टाइल र खुबी देखेर सलमानले सोनाक्षीको ठाउँमा उनलाई ल्याएको बलिउड मिडियाको दाबी छ । अष्ट्रेलिया, न्यूजिल्याण्डमा गर्ने भनिएको ‘वल्र्ड टुर’ अब मलेसियामा पनि विस्तार हुने भएको छ ।

अप्रिल ७ बाट सुरु हुने यो टुरमा सोनाक्षीको नाम निकालिनुको पछाडि, उनी र सलमानविच चलेको शितयुद्धलाई मुख्य कारण मानिएको छ । अप्रिल १४ मा मलेसियाको कन्भेन्सन सेन्टरमा बलिउडका स्टारहरुको टोली पुग्नेछ ।