सामूदायीक मेलमिलाप तालिम सम्पन्न

  • ८ असार २०७४, बिहीबार
  • 1837 पटक पढिएको

बेनी ८ असार । बेनीमा बिहीबार सामूदायीक मेलमिलाप तालिम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिद्धारा सञ्चालित स्थानीय शाषन तथा सामुदायीक विकास कार्यक्रम (एलजिसीडीपी)को आयोजनामा असार २ गतेदेखि सुरु भएको तालीममा ३० जनाको सहभागिता रहेको थियो ।

बेनपा भकिम्ली, अन्नपूर्ण गाउँपालीका ६ घार र धौलागिरी गाउँपालीका ३ मुनाका वडा अध्यक्ष, वडा नागरीक मञ्चका संयोजक तथा सदस्य, सामाजिक परिचालक र सचिवहरुका साथै ६ वटै स्थानीय तहका उपप्रमुखहरुको तालीममा सहभागिता रहेको थियो ।

निमित्त स्थानीय विकास अधिकारी रविन मर्हजनको अध्यक्षता र एलजिसीडिपी कार्यक्रमका अधिकृत प्रकाश रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स साना बिवाद समुदाय स्तरमा मेलमिलाप भएमा अदालतमा मुद्दाको चाप कम हुने, सर्वसाधारणलाई आर्थिक भार कम पर्ने, समयको बचत हुने बताउनुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट बेनी नगरपालीकाका उपमेयर सञ्जु बरुवाल र घारका राजाराम बरुवालले मन्तब्य व्यक्त गर्नुभएको थियो । तालीमको कानुन व्यवसायी ठाकुर बि पौडेल र ममता शर्माले सहजिकरण गर्नुभएको थियो ।