मृगौला पिडित छन्त्यालद्धारा जिवनरक्षाको लागि सहयोगको अपिल

  • ७ असार २०७४, बुधबार
  • 4433 पटक पढिएको

म्याग्दी, ७ असार । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका लक्षिण भलन्जा छन्त्यालले आफ्नो जिवनरक्षाको लागि सहयोगको अपिल गरेका छन् । पोखरा–१६ बस्दै आएका २१ बर्षका छन्त्यालको दुबै मृगौलाले काम गर्न छाडेपछि उनले अस्पतालकै बेडबाट आफ्नो उपचारमा आर्थिक सहयोगको लागि आह्वान गरेका हुन् ।

विरामी भएर अस्पतालमा उपचारको लागि पुगेका छन्त्यालको दुबै मृगौलाले काम गर्न नसक्ने पहिचान भएपछि छन्त्याल परिवार समस्यामा परेका छन् । उनको दुबै मृगौलाले काम नगर्नुको साथै मुत्र नलिमा समेत समस्या देखिएको उनकी आमा शापी भलन्जा छन्त्यालले बताउनुभयो ।

चिकित्सकहरुले मुत्र नलीको अप्रेशन पछि मात्रै मृगौला प्रत्यारोपण गर्नुपर्ने भन्दै आबश्यक रुपमा आर्थिक बन्दोबस्त गर्न परिवारलाई सुझाब दिएका छन् ।

काठमाण्डौको सुमेरु अस्पतालमा उपचाररत लक्षिणको उपचारमा दैनिक हजारौँ रुपैयाँ आबश्यक पर्न थालेपछि उनका घरपरिवारले छोराको उपचारमा आर्थिक सहयोग गर्न अपिल समेत गरेका छन् । कक्षा १२ को परिक्षा दिएर बसेका लक्षिणको उपचारमा लाखौँ आबश्यक पर्ने देखिएकाले सक्दो सहयोगको लागि सबैलाई आग्रह गरिएको छ ।

सहयोगको लागि
सम्पर्क नम्बर
९८४७८५५३२३
९८०९७१६५१८