एनएमबि बैंकका चार शाखा संचालनमा
- २ असार २०७४, शुक्रबार
- धु्रर्बसागर शर्मा
- 2101 पटक पढिएको
एनएमबि बैंकले असार १ गतेदेखि म्याग्दी सहित नेपालका विभिन्न चारवटा जिल्लामा एकै साथ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । एनएमवि बैंक म्याग्दी शाखाका प्रमुख पुष्कल ढुङ्गानाले दिएको जानकारी अनुसार बैंकले म्याग्दीको बेनी, बाराको निजगढ, मकवानपुरको हेटौडा तथा नवलपरासी जिल्लाको कावासोतीमा गरी एकैसाथ चार नयाँ शाखाहरु संचालनमा गरेकोे हो ।
स्थानीय ग्राहक, उघोगी, व्यापारी तथा पत्रकारहरुको उपस्थितिमा एक भव्य कार्यक्रमहरुबीच असार १ गतेदेखि चारवटै जिल्लामा नयाँ शाखाहरु संचालनमा ल्याईएको ढुङ्गानाले बताउनुभयो ।
नँया शाखाहरुको विस्तार भएकोमा खुशी व्यक्त गर्र्दै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले देशको विभिन्न स्थानहरुमा एनएमबि बैंकको नयाँ शाखा संचालनले सरल बैकिङ्ग पँहुचमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको वताउनुभएको छ । नँया शाखाहरुको शुरुवात सँगै एनएमबि बैंककोे देशैभरी गरी कुल ८० शाखा, ६४ एटिएम र ५ एक्टेन्सन काउन्टर रहेका छन् ।