पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै निश्चल काठमान्डौमा

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 2042 पटक पढिएको

म्याग्दी, ३० जेठ । न्यु वेष्ट पोइन्ट कक्षा १० मा अध्ययन गर्ने म्याग्दीका निश्चल जुग्जाली राष्ट्रिय प्रतियोगिताका लागि काठमान्डौ पुगेका छन् । २०७४ बैसाख १९ गते जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा आयोजना गरिएको जिल्ला स्तरीय प्रतिभा पहिचान कार्यक्रममा स्वतन्त्र विधा अन्तर्गत म्याग्दीबाट क्षेत्रीय प्रतियोगिता र क्षेत्रीय प्रतियोगिताबाट समेत उत्कृष्ट प्रर्दशन गर्दै काठमाण्डौका लागि छानिएका हुन् ।

जेठ ५ गते सम्पन्न क्षेत्रीय प्रतियोगिता पोखरामा उत्कृस्ट प्रदर्शन गरेका जुग्जाली काठमान्डूमा जेठ ३१ गते हुने राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गर्दैछन ।

बिद्यालयले मंगलबार शुभकामना सहित प्रतियोगिताका लागि बिदाइ गरेको छ । काठमाण्डौमा समेत आफुले उत्कृस्ट प्रदर्शन गर्नेमा बिश्वस्त रहेको निश्चलले बताए । रसियन सेन्टर अफ साइन्स एंड कल्चर कमलपोखरी काठमान्डुमा देशभरीबाट बिभिन्न विधामा छनौट भएका प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्ने जुग्जालीसंग काठमान्डौ पुगेका बिद्यालयका शिक्षक सतिश श्रेष्ठले बताए ।


जुग्जालीले आफ्नो स्वतन्त्र विधा अन्तर्गत तासको बिभिन्न खेल प्रस्तुत गर्ने गर्दछन । जादु भन्ने गरिए पनि हातको सफाईबाट धेरैलाई अचम्मित पार्दै आइरहेका जुग्जाली गत वर्ष बिद्यालयले आयोजना गरेको ट्यालेन्ट हन्ट प्रतियोगितामा समेत उत्त्रृmष्ट भएका थिए । तासका बिभिन्न खेलबाट उनले दर्शकलाइ अचम्मित बनाउदै आइरहेका छन् । पढाइमा समेत अब्बल जुग्जाली कहिले पनि दोश्रो हुनु परेको छैन । सानै देखि कम बोल्ने स्वभावका भए पनि उनि आफ्नो पढाइ र जादुगरिय क्षमताका कारण निकै चर्चामा छन् ।