झिँका महिलालाई अभिमुखीकरण

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 1716 पटक पढिएको

म्याग्दी, ३० जेठ । रघुगंगा गाउँपालीका ५ झिँमा मंगलबार महिलाहरुका लागि क्षमत्ता विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोगमा साहरा महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा ३९ जना एकल महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्का, प्रहरी निरिक्षक सन्तोष रानाले एकल महिलाको परिचय, समस्या, हक अधिकारको विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा एकल महिला संघ म्याग्दीका अध्यक्ष बिमला गौचन, वडा अध्यक्ष मनबहादुर शेरपुञ्जा, सचिव तेजकुमारी थापा, सदस्य रिती थजालीले मन्तब्य व्यक्त गरेका थिए । सञ्जालका अध्यक्ष लक्ष्मी शेरपुञ्जाको अध्यक्षता, सचिव शशी शेरपुञ्जा थजालीको सञ्चालन र धनमाया गोतामेको स्वागतमा सम्पन्न कार्यक्रममा सुआहारा कार्यक्रमकी चुमाया थजालीले पनी मन्तब्य व्यक्त गरेका थिए ।