बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण

  • ३१ जेष्ठ २०७४, बुधबार
  • 1779 पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा सकारात्मक सोच र लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण सुरु भएको छ । संयुक्त जिल्ला दलित संघर्ष समितिको आयोजना र जिल्ला समन्वय समितिको सहयोगमा सो कार्यक्रम गरिएको हो ।


संयुक्त दलित राजनितीक संघर्ष समितिका संयोजक अध्यक्ष छबि विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी गिरी, दलित समन्वय समितिका उपाध्यक्ष बालकुमार लामिछाने, भिमकुमारी विक र राजकुमारी विक र प्रमुख प्रशिक्षक नरमायाँ रसाईलीले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन बलबहादुर विकले गरेका थिए । ७३ जनाको सहभागिता रहेको कार्यक्रममा नरमायाँ रसाईली र लक्ष्मी सुनारल प्रशिक्षण गरेको बविता विश्वकर्माले जानकारी दिईन् । बुधवार समेत लोकसेवा आयोग सम्बन्धि प्रशिक्षण दिईने आयोजकले जनाएको छ ।