अनेरास्ववियुद्वारा प्रसाशनमा ज्ञापन पत्र

  • २८ जेष्ठ २०७४, आईतवार
  • 2134 पटक पढिएको

सन्दिप शर्मा÷म्याग्दी,२८जेठ । नेकपा एमाले निकट विद्यार्थीहरुको संङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनोरास्ववियु ) म्याग्दीले आइतबार जिल्ला प्रसाशनमा कार्यलयमा आइतबार ज्ञापन प्रत्र बुझाएको छ । म्याग्दीमा भैरहेको अनियमित विद्युत आपूर्तिलाइ सहज बनाउन भन्दै नोपल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र बेनीमा बुधबार ध्यानआर्कषर्ण गराएपनि केहि पनि सहज नभएको भन्दै आइतबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाइ ज्ञापन प्रत्र बुझाएको हो ।


ज्ञापन प्रत्र बुझाँउदै अनेरास्ववियु का केन्द्रीय सदस्य प्रकास पौडेल र जिल्ला अध्यक्ष सुवास विश्वकर्माले माध्यमिक शिक्षा परिषदले लिने काक्षा ११ को परिक्षा नजिककिदै गरेको बेलामा विद्युत आपुर्ति बन्ध हुँदा विद्यार्थिहरुलाइ समस्या सिर्जना गरेको भन्दै बैज्ञानिक तरिका बाट समस्या समाधान गर्नु पर्ने बताउनु्भयो ।ज्ञापन पत्र बुझाएपछि विद्युत प्राधिकरणले आफुहरुले दियको अल्टिमेटम सकिय पनि विद्युत आपूर्तिमा केहि सुधार नआएको भन्दै सहिद चोकमा दिउसो नै क्यानडिल बालेर विरोध गरेको अनेरास्ववियु जिल्ला कमिटि अपाध्यक्ष ईश्वर सुवेदीले बताउनु भयो ।


ज्ञापन पत्र बुझ्दै– प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लामा भएको विधुत अनियमितता प्रति सम्वन्धित निकायमा छलफल गरि विद्युतमा भएको समस्याको समाधान गरिने बताउनुभयो ।