पर्वत बेनमिा नागरीक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
- २७ जेष्ठ २०७४, शनिबार
- सन्दिप शर्मा
- 2281 पटक पढिएको
म्याग्दी, २७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा शनिबार जलजला गाउँपालीका ३ पर्वत बेनीमा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागीहरुले म्याग्दी सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीलाई लागु औषध दुब्र्यसनीले अखडा बनाउन थालेकोमा चिन्ता व्यक्त गर्दै निगरानी बढाउन प्रहरीलाई आग्रह गरेका छन् ।गिरीबी, अशिक्षा र चेतनाको कमीले स्कुले बालबालीकाहरु कुलतमा फस्न थालेको, अबैध घरेलु मदिरा उत्पादन र बिक्री वितरणका कारण शान्ति सुरक्षामा चुनौती देखिएको उद्योग वाणिज्य संघ पर्वतको मल्लाज उपशाखाका महासचिव चित्रनाथ रेग्मीले बताउनुभयो ।
विपन्न समुदाय गरिबी र बाध्यताले मदिरा उत्पादनमा संलग्न भएको उहाँको भनाई थियो । कार्यक्रममा अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरि उपरिक्षक विक्रम गुरुङ्गले लागुऔषध नियन्त्रका लागि प्रहरीले उच्च सर्तकर्ता र सक्रियता बढाएकाले सूचना दिएर सहयोग गर्न स्थानीय बासीलाई आग्रह गर्नुभयो ।
पर्वत जिल्लाका प्रहरी नायव उपरिक्षक शेखर खनाल र टा«फिक प्रहरी प्रमुख प्रहरी सहायक निरिक्षक महेन्द्र रानाभाटले यातायात चेकिङ्ग लाई आफुहरुले सक्दो कडाइ गरि जिल्लामा लागुऔषध भित्रन नदिएको बताउनुभयो ।
जलजलला गाँउपालिकाका अध्यक्ष रामकृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमा पर्वत बेनिका, बगराफाँटका नागरिक अगुवाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन प्रहरि नायव निरिक्षक तिलकराज लामिछानेले गर्नु भएको थियो ।