फुल्दै गरेको ‘एक जीवन’

  • २८ जेष्ठ २०७८, शुक्रबार
  • 2509 पटक पढिएको

 

पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ धन्टौसम्म। पहिले हरेक स- सानो कुरामा साथ खोजिन्थ्यो, अहिल्य जहाँ पनि एक्लै भेटिने भएर होला मानिसहरु सोध्छन, किन एक्लिएको।

उसो त भेटु भन्यो फुर्सद कस्लाई, काम बाट घर, घर बाट काम, बिदाको दिन पढाइ, असाईनमेन्ट, परीक्षा के के हो, घरको काम, घरको रासन किन्न चाही निस्की राख्नुपछर्, बेला बखत त्यो पनि एक्लै। अहिल्य भोक लाग्दा खाजा खान होस, मनलागेको कपडा किन्न वा अरु कतै एक्लै नै हुन्छु, धेरैजसो। बाहिर निस्कने बिना काम भनेको कहिलेकाहीँ ५ मिनेट परको पार्क सम्म चाही जान्छु, हिड्न। मन मिल्ने साथी सङ्ग कामको सिफ्ट मिल्दैन। अनि कहिलेकाहीँ चाही हप्ताको दई तिन दिन बिदा नै होस, सबै कामका पाईललाई थाती राखेर आन्नदले दिनभरी सुतिदिन्छु, कही कतै निस्किन्न त्यसमा पनि मज्जा छ बेग्लै, कहिले फेरी बिहानै सबेरै उठेर सबै काम सकेर घरमा, साथीहरुसङ्ग कुरा गर्छु मन लागुन्जेल अनि मनलागेका सबै चिज पकाएर खान्छु ।

आजभोली एकान्त नै प्रिय लाग्न थालेको छ। म एक्लै अवश्य हुन्छु तर एक्लै भएपनि एक्लो पनको महशुस गर्दिन कहिलेकाही हजारौँ मानिसमाँझ नमिल्ने खुसी म आफु सङ्गै हुदा भेट्छु, आफु सङ्गै रमाउछु। घरमा एक्लै मनपर्ने गित गुन्गुनाउछु, लेख्छु, पढ्छु, गीत र कविता सुन्छु, बुन्छु। आफनै कामहरु सङ्ग मतलब राख्छु, नयाँ कुरा सिक्न खोज्छु। भेटिएका सबै सङ्ग राम्रो सङ्ग हासेरै बोल्छु, मानिसहरुलाई जज गर्दिन उनीहरूको ठाउमा बसेर हेर्ने प्रयास गर्छु, अरुले मेरा बारे के सोच्छन, भन्छन सोचेर आफ्नो टाउको दुखाउदिन, त्यो पनि मैले सोचे भने फेरी उहाहरुले के सोच्ने?

समय बदलिदो छ, हिजो भिडमामात्र रमाउने म, आज एकान्तमा पनि उत्तिकै खुसी छु, भोली मनले फेरी साथ खोज्ला रोज्ला तर एक्लो हुनु भनेको दुःखी हुनु, एक्लोपनकै महशुस गर्नु पक्कै होईन। जीवनमा सबै कुराहरुमा सधै सबैले साथ दिन पनि त मिल्दैन, भोली कस्ले देख्या छ, हामी सबै आ आफैमा पुणर् छौ र हामीले जीवनको सबैभन्दा धेरै समय आफै सङ्गै त बिताउनु छ । जो मानिस आफु आफुमै खुसी हुन सक्छ त्यही मानिस बल्ल अरु सङ्ग खुसी हुनु सक्छ। खुसी भनेको त आफु बाहीर के भईरहेको छ भन्दा पनि त्यसलाई हामीले आफु भित्र कसरी भित्राउछौ भन्नेले धेरै असर पार्ने रैछ। स- साना गड्याङ्ग गुुडुङ त भईराख्छन, भुकम्प पनि जान्छन तर भित्रको शान्तीलाई बलियो गरेर राख्न सके तिनीहरुले बाहिर मात्र हल्लाएर जान्छन। अनि शान्त, र्धैर्य भएर परिस्थिति सङ्ग जुधियो भने बाकी चिज त हुदै गर्लान होइन र?

लेखक : रमा जिसी, पर्वत जलजला गाउँपालिका- ३ मल्लाज बेनी । (हाल अस्ट्रेलिया )