अन्नपुर्ण गाउँपालिकाका दुई विद्यालयमा अनुगमन

  • २३ जेष्ठ २०७४, मंगलवार
  • राकेश शर्मा
  • 2233 पटक पढिएको

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाँपालिकाका दुई विद्यालयमा अनुगमन गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग र गाजा फाउन्डेशनको सहकार्यमा म्याग्दीका २५ वटा विद्यालयमा सन्चालन हुने प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रम मध्ये पहिलो चरणमा लागु भएका १० विद्यालय मध्ये अन्नपुर्ण गाँपालिकाका वडा नः ४ न्याच्याङको प्रभा माध्यामिक विद्यालय र ३ को  ज्ञान प्रकाश माध्यामिक विद्यालयमा सोमबार म्याग्दीका जिल्ला शिक्षा अधिकरी रामकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी बाग्लुङका बिष्णु प्रसाद पौडेल, सहायक अधिकारी कुस्मराज उपाध्याय र फाउन्डेशनका पध अधिकारी सहितको टोलिले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अभिभावक शिक्षा कार्यक्रमबाट आफुले विद्यालयमा सिकेका कुराहरु आफ्नो बाल बच्चालाई सिकाउन पाएको प्रतिक्रिया दिएका थिए । पहिला बालबालिकालाई घरमा कसरी पढाउने? कसरी गृहकार्य गराउने बारे अनविज्ञता हुने भएपनि कार्यक्रम सञ्चालन भएपछि धेरै कुराहरु सिक्ने अबसर मिलेको उनीहरुको भनाई थियो ।

उक्त अनुगमनमा श्रेष्ठले विद्यालयको कक्षामा हुने पढाईको बारेमा समेत बिद्र्यािर्थबाट बुझेका थिए । प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रमका अधिकृत लाल बहादुर पुर्जाले यो कार्यक्रमा म्याग्दीका २५ वटा विद्यालयमा सञ्चालन हुने र पहिलो चरणमा १० विद्यालयमा लागु भएको जानकारी दिए ।

राकेश शर्मा