बेनीका व्यवसायीलाई अभिमुखीकरण

  • २२ जेष्ठ २०७४, सोमबार
  • 2159 पटक पढिएको

बेनी २२ जेठ । बेनीका व्यवसायीहरुलाई आईतबार लेखा व्यवस्थापन र कर निती सम्बन्धि अभिमुखीकरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र ग्लोबल टच कन्सल्ट प्रालीको आयोजनामा सम्पन्न कार्यक्रममा ५० जना ब्यवसायीहरुको सभागीता रहेको थियो ।

स्थानीय उद्योगी, ब्यापारीहरुलाई लेखा व्यवस्थापन सम्बन्धि आधारभुत ज्ञान प्रदान गरी ब्यवसायीलाई सहज रुपमा अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

ग्लोबल टक कन्सल्ट प्रालीका सुनिल देवकोटा, मनोज काफ्ले, ऋषी पौडेल र हेमराज गौतमले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षता, महासचिव राजेश शाक्यको सञ्चालन र बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यले समापन गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष कुबिरकुमार श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।