अन्नपूर्ण गाउँपालिकामा एक साताका लागि अत्याबश्यक बाहेकको सेवा बन्द

  • ४ मंसिर २०७७, बिहीबार
  • 1131 पटक पढिएको

म्याग्दी ३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकामा कार्यरत एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले मंसिर ३ देखि ९ गतेसम्मका लागि अत्याबश्यक बाहेकका अन्य सेवा प्रवाह बन्द गरिएको हो ।


गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनद्धारा जारी गरिएको जरुरी सूचनामा संक्रमित महिलासंगको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पहिचान र आबश्यकता अनुसार पिसीआर परिक्षणको लागि गाउँपालिकाको सेवा बन्द गरिएको जनाईएको छ ।

गत कात्तिक २५ गते गाउँपालिकाबाट १५ जनाको स्बाब संकलन गरि पिसिआर परिक्षण गरि पठाईएकोमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस अघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म गाउँपालिकाभित्र रहेका बैँक तथा वित्तिय र सहकारी संस्थाको सेवा स्थगीत गरिएको थियो ।