कतारमा एक कम्पनीले ४ उत्कृष्ट नेपाली कामदारलाई गर्यो पुरस्कृत

  • ३० श्रावण २०७७, शुक्रबार
  • 1389 पटक पढिएको

तिलु शर्मा पौडेल /दोहा कतार, ३० साउन । लामो समय देखि कतारमा काम गर्दै चार नेपालीलाई एक स्थानीय कम्पनीले नगदले पुरस्कृत गरेको छ । आइओएस प्रमाणित कम्पनी नासर अल अलि एन्टरप्राइजेजले आफ्ना चार नेपाली कामदारहरूलाई पुरष्कृत गरेको हो ।


पुरस्कृत हुने नेपालीहरुमा अबीर बहादुर राई, पञ्चे राई, छिरिङ राई र दशरथ मुसहर छन् । १०बर्ष लामो समय काम गरेका चार उनीहरुलाई कम्पनीको मालिकले कतारी रियाल १५ हजारको दरले पुरष्कृत गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका मालिकले नेपालीहरूको इमानदारिता, लगनशीलताको खुलेर तारिफ गरेका थिए । मालिक नासर अलि अल अलि भन्छन्, मलाई गर्व लाग्छ कि गत १० वर्षदेखि कार्यरत कामदारहरू अझै पनि उस्तै जोस वफादारी र कडा परिश्रम देखाई रहेका छन्, उनीहरूकै कारण कम्पनीले सफलताको पाएको बताए । पुरुष्कार ग्रहण गर्दै उनीहरूले खुसी व्यक्त गरेका छन् । ३००० कामदार रहेको उक्त कम्पनीमा करिब १२०० नेपाली कार्यरत रहेका छन् ।

कम्पनीले १० वर्ष सेवा गरेका करिब १ सय जनालाई पुरस्कृत गरी सकेको छ, कार्यस्थलमा उत्कृष्ट कार्य सम्पादन गरे बापत करिब १ हजार जनालाई नगद र सुन सहित सम्मान गरी सकेको उक्त कम्पनीमा मार्केटिङ एक्जेक्युटिभ पदमा कार्यरत पर्वतका आनन्द जिसीले जानकारी दिएका छन् ।