यान्त्रिकरणबाट धान रोपाई

  • ७ असार २०७७, आईतवार
  • धिरन खत्री
  • 2866 पटक पढिएको

धिरन खत्री
म्याग्दी, ७ असार । मानो खाएर मुरी उव्जाउने समय जेठ असार महिनामा हिमाली जिल्ला म्याग्दीमा धान र कोदो रोपाईमा कृषकहरु खेतीबारीमा ब्यस्त छन् । नियमित वर्षा र पानीको सुविधा भएपछि जिल्लाका गा्रमिण बस्तीमा छिमेकीहरुसंग अर्मपर्म गरेर रोपाईं सुरु गरेका हुन् ।


पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ। परम्परागत रुपमा गोरुको सहायताले खेत जोत्ने गरिएको खेतमा हाते ट्याक्टरको प्रयोगले छिटो, छरितो र थोरै पाानी, कम बाउसे, धेरै रोपार आवश्यक हुनेभएपछि हातेट्याक्टर हलोप्रति कृषकको आकर्षण बढेको छ । ‘मानो खाएर मुरी उब्जाउने‘ समयमा गाउँमा सबै मिलेर पालैपालो सबै खेत अर्मपर्ममा रोप्दै आएका छन् ।


ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाई गर्न ट्याक्टर र मिनिटिलर प्रयोग गरेका छन्। ग्रामिण भेगका धेरै बस्तीमा हल गोरुको सहायतामा धेरै कृषकले धान रोपाईमा गरिरहेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बेनी नगरपालिका– १० पात्लेखेतका कृषक भविन्द्र पाईजाले बताए ।

कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको रघुगंगा ,मंगला, धौलागिरी र मालिका गाउँपालिकाले समेत यस बर्ष कृषकहरुलाई अनुदानमा यान्त्रिक हलो लगायतका औजारका सामान यसबर्ष वितरण गरेका छन् ।

तिन हजार ८९७ हेक्टरमा खेती हुने धानबालीबाट म्याग्दीमा वार्षिक १२ हजार ९८ मेट्रिक्टन धान उत्पादन हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे दरमालि, ठुलो, सानो धान लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।

कोरना भाइरस त्रास र लगडाउनका कारण अध्ययन, रोजगारी र व्यापार ब्यवसायका गर्ने शहरी क्षेत्रका मानिसहरु गाउँ फर्किएपछि खेतबारीमा खेती लगाउन गाउँमा सहज भएको देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l