रघुगंगा–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी

  • २ जेष्ठ २०७४, मंगलवार
  • 5006 पटक पढिएको

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी हुनुभएको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९ सय ९४ सय मत ल्याएर बिजयी हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्धन्धी नेपाली काँग्रेसका नरसिंह र खत्रीले जम्मा ४४३ मत ल्याउनुभएको छ ।
रघुगंगा–२ वडामा अध्यक्ष सहित एमाले–माओवादीको प्यानल नै बिजयी भएको छ ।

सो प्यानलबाट खुला सदस्यमा एमालेका देवेन्द्र केसीले ९७६, रबिन भण्डारीले ८१६, महिला सदस्यमा माओवादीकी गोरी भण्डारीले ८७५ र दलित महिला सदस्यमा एमालेकी रसिला परियारले ७५६ मत ल्याएर  निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता गाउँपालिका प्रमुखमा  काँग्रेसका उम्मेदवार भबबहादुर भण्डारीले नै अग्रता लिनुभएको छ ।
गाउँपालिका प्रमुखमा भण्डारीले वडा नम्बर दुईमा  ८१७ मत ल्याउनुभएको छ भने एमालेका खिमबहादुर शाहीले ६५९ ल्याउनुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका हरि भण्डारीले अग्रता हाँसिल गर्नुभएको छ । भण्डारीले ९ सय ९९ मत प्राप्त गर्दा नेपाली काँग्रेसकी  कमला तिलिजाले ३९९ मत प्राप्त गर्नुभएको छ ।
भगवतीमा कुल १ हजार ७ सय ६ मत खसेको थियो । यस अघि रघुगंगा–१ बेगखोलामा नेपाली काँग्रेसका बिलबहादुर फगामी सहितको प्यानल बिजयी भएको छ । वडा नम्बर एक र दुईमा गरि काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार भण्डारीले १ हजार २ सय ४६, उपप्रमुख कमला तिलिजाले ८१६ र  प्रमुखमा एमालेका खिमबहादुर शाहीले ९१९ र उपप्रमुख हरी भण्डारीले १ हजार २१६ मत प्राप्त गर्नुभएको छ ।